• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

ऋण गरेर जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बरहथवा (सर्लाही) ।  गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सर्लाही, हरिपुर नगरपालिका–७, निवासी जदु सिंहका परिवार अहिले विचल्लीमा छ । आर्थिकरूपमा अत्यन्त विपन्न परिवारको एक मात्र भरोसा जङ्गली हात्तीको आक्रमणबाट गुमेपछि सिंहको छ जनाको परिवार सङ्कटमा परेको हो । “जदु घरको एकमात्र कमाउने सदस्य हुनुहुन्थ्यो ।” उहाँका बुवा ७० वर्षका पञ्चलाल सिंहले रासससँग भन्नुभयो, “श्रीमती दुई छोरा, एक छोरी र हामी बुढाबुढीको लालनपालन उसैले गरेको थियो ।

    हाम्रो विचल्ली भयो, घरबार धान्ने एकमात्र छोरालाई हात्तीले मारिदियो, अब कसको सहारामा बाच्नु ?” जदुले केही वर्ष पहिला जेठी छोरीको चितवनमै विवाह गरिदिनुभएको थियो । बाँकी १९ र छ वर्षका दुई छोरा र १६ वर्षकी एक छोरी, श्रीमती र आमाबुवाको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा थियो । आफूको औषधी खर्चमात्र मासिक रु. तीन हजार बढी लाग्ने आमा पहुनिया देवीले दुखेसो पोख्नुभयो । “छोराको किरिया कर्म गर्नसमेत ऋण माग्नुपरेको छ,” उहाँले भन्नुभयो, “अब हामीलाई कसले हेर्छ ?” जदुको परिवारसँग सम्पत्तिको नाममा एउटा काठको सानो घर बाहेक केही छैन । बुबाको किरियामा १९ वर्षका छोरा रित्तिक बस्नुभएको छ ।

    घरको अवस्था कमजोर भएका कारण आफूले पढ्न नपाएको उहाँले गुनासो पोख्नुभयो । रितिकले ट्रकमा सहचालकको रुपमा काम गर्दै आउनुभएको छ । अहिले सीप सिक्न बसेको कारणसमेत आफ्नो कमाइ नभएको उहाँको भनाइ छ । घटनापछि गाउँबाट पुगेका युवाले आपसमा सहयोग गरेर शनिबार जदुको शव गाउँ ल्याएर अन्तिम संस्कार गरेको परिवारको भनाइ छ । एउटा भएको छोरासमेत हात्तीले खोसेको भन्दै आमा पहुनिया देवी डाँको छाडेर रुनुभयो ।

    छोराले १६ वर्षसम्म सेवा गर्दा पछि सौराहास्थित हात्ती प्रजनन केन्द्रले उसको सेवाको कदर नगरेको परिवारको गुनासो छ । खगेन्द्रसँगै कतार जाने जदुको सपना अधुरै जदु चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौरहाको हात्ती प्रजनन केन्द्रका अनुभवी माउते हुनुहुन्थ्यो । सौरहाको हात्ती प्रजनन केन्द्रमा जदुले २०६५ सालदेखि करारमा सेवा सुरु गर्नुभएको उहाँका बुवा पञ्चलालले बताउनुभयो । “२० वर्षको उमेर गाउँका एक जना आफन्तसँग पछि लागेर सौराहामा काम गर्न गएको हो,” उहाँले भन्नुभयो, “हात्तीले बच्चा पाएको बेलामा लामो समय घर आउन पाउँदैन थियो ।” जदुले हात्ती प्रजनन केन्द्रमा काम गर्न थालेका १६ वर्ष भएको थियो ।

    “हात्तीको स्वभावदेखि हरेक कुरामा उहाँ जानकार हुनुहुन्थ्यो ।” केन्द्र प्रमुख मनपुरण चौधरीले भन्नुभयो, “बिहीबार साँझ तरकारी लिएर स्याहार केन्द्रतर्फ आउँदै गर्दा उहाँलाई गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्यो । उहाँको घटनास्थलमै ज्यान गयो । केन्द्र शोकमा छ । हाम्रो अपुरणीय क्षति भएको छ ।” यही २०८१ वैशाख ११ गते नेपाल सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणमा आउनुभएको मौकामा एक जोडी हात्ती उपहार दिने घोषणा गरेको थियो । हात्ती कतार जाने भएपछि खगेन्द्र प्रसादलाई जन्मेदेखि रेखदेख गर्ने, तालिम दिने जदु पनि सँगै कतार जाने तय भएको थियो ।

    कतारका अमिरलाई सौरहामा जदुले तालिम दिनुभएको खगेन्द्र प्रसादले नै माला लगाइ ढोग तथा नमस्कार गरी भव्य स्वागत गरेको थियो । हात्ती विधिवतरुपमा हस्तान्तरण भए पनि प्रकृयागत कुराका कारण तत्काललाई पठाउने काम भने रोकियो । तत्कालका लागि हात्ती कतार नलगिने भएपछि उहाँको कतार जाने चाहना रोकिएको थियो । खगेन्द्रप्रसाद र रुद्रकलीसँगै सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरबाट छ जना कतार जाने तयारी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो ।

    आफूले हुर्काएको खगेन्द्रसँगै कतार जाने कुराले जदु पनि उत्साहित हुनुहुन्थ्यो । कतार जाने तयारीबारे उहाँले घरमासमेत बताउनुभएको आमा पहुनिया देवीले बताउनुभयो । जदुले आफू कार्यरत रहँदा दर्जनौँ हात्तीका छावा हुर्काउनु भएको थियो । “हात्ती लिएर कतार जान्छु, भनेको थियो,” उहाँले भन्नुभयो, “पैसा पनि राम्रो कमाइ हुन्छ भन्दै खुसी भएको थियो । मेरो बाबुलाई हात्तीले मारिदियो ।” छोराको मृत्यु पछि परिवारको हात मुख जोर्नेसमेत कुनै उपाए छैन । कसरी काजकिरिया टार्नु, तीन नाती नातिनाको लालनपालन विवाहदान कसरी गरौँ ।

    हजुरबुबा पञ्जलालले भन्नुभयो, “म दमको रोगी छु, हिडडुलसमेत सक्दीन कसलाई गुहार्नु ?” बिहीबार गोविन्दे हात्तीको आक्रमणमा परेका दुई जना मध्य अर्का एक जना माउते भने, भागेर बाच्न सफल हुनुभएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.