• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

विचारः …अनि पो दसैँ आउँथ्यो

  •   आइतबार, असोज २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो । चचहुइइ…गर्दै पिङ मच्चाउने प्रतीक्षामा हुन्थ्यौँ । जब पिङ मच्चाउथ्यौँ, जीउ सिरिङसिरिङ भएपछि बल्ल लाग्थ्यो, अबचाहिँ दसैँ आयो । नयाँ लुगा लगाएर पिङ मच्चाउनुको मज्जै बेग्लै हुने । दसँैका बेला न हो वर्षदिनमा नयाँ लुगा हाल्न पाइने । ‘स्कुल ड्रेस’ नै भए पनि नयाँ नाना लगाउन पाउँदाको खुसी सम्झिँदा पनि मनै फुरुङ्ग हुन्छ ।

    दसैँ आउन लाग्दैगर्दा बुबा कपडा लिन पसल जाँदा पछिपछि गइन्थ्यो । कपडाको ठूलो रुमालमा पोको पारेर कपडा घर भित्र्याएपछि दसँै भित्रिएझैँ लाग्थ्यो । झन् लुगा सिलाउने दाइँ मेसिन बोकेर घरमै आएर सिलाउन थालेपछि स्कुलसमेत जान मन नलाग्ने । नयाँ नानाको गन्धले दसैँ निम्त्याउँथ्यो । स–सना कुरामा ठूल्ठूलो खुसी मिल्थ्यो उस बेला । स्कुल लिपपोत गरेर चिटिक्क बनाएपछि दसैँको बिदा हुन्थ्यो । सरहरूसँग लाइन लागेर कमेरो माटो लिन औलतर्फ गइन्थ्यो । डल्ला बनाएर हातैमा बोकेर कमेरो र रातो माटो ल्याइन्थ्यो ।

    समूहमा मिलेर काम गर्दाको आनन्द अर्कै । कुचोले कमेरो र रातो माटो स्कुल पोत्न सुरु गरेपछि लाथ्थ्यो यी त खुसीका रङ्ग पो रहेछन् । घरघरबाट ल्याएका ब्याट्री फुटाएर स्कुलका झ्याल ढोकामा कालो लगाएर चिटिक्क भएपछि लाग्थ्यो अब दसैँ आयो । घर लिपपोत गर्दा त झन् खुसी फक्रने । कमेरो र रातो माटोको सुगन्ध केवल सुगन्ध मात्र थिएन, त्यो चाडपर्व आगमनको सङ्केत पनि थियो । यसअघि नै गाउँका प्रत्येक घरबाट सहभागी भएर मूलबाटो फाँडफुँड र सरसफाइ गरेर दसैँलाई स्वागत गथ्र्यौं ।

    घरमा बाँधेको खसीले ‘म्या’ गर्दा बुबाले दसैँ करायो हैभन्दै जिस्केको पल सम्झिदा पनि मनमा आनन्द आउँछ । रातिदेखि नै ढिकी ‘भक्य्राङ ढयाँङ’ गरेर चिउराको सुगन्ध, बुबाले एकघरी केरा किनेर ल्याई तलाको डोरीमा झुन्ड्याएपछिको उमङ्ग बेग्लै । टाढाटाढा काममा वा परदेश गएका लाहुरे दाइहरु क्यासेट घन्काउँदै घर फर्कन थालेपछि छाउँथ्यो दसैँको रौनक । हाटबजारमा भीड बढ्थ्यो, वर्षौंपछि भेटघाट भएकाहरूको भलाकुसारीपछि पो खुसी फक्रिन्थ्यो ।

    नौ दिनसम्म दसँै घरमा हुने पूजापाठले ल्याउने खुसी र शान्तिको त कुरै नगरौँ । रेडियोमा घन्कने मालश्री धूनले मन प्रफुल्लित बनाउने । विजयादशमी टीकाको दिन घरमा बुबाआमाको हातबाट टीका र आशीर्वाद लिएर मान्यजनसँग टीका थाप्ने । आमैघरमा टीका लगाइसकेपछि आँगनभरि जम्मा भएर स्टिल क्यामराले एक दुई स्न्यापफोटो खिचेपछि मामाघर जाने हतारो । दक्षिणामा प्राप्त हुने नयाँ नोट गन्नुको आनन्द अर्कै । बाल्यकालका ती स्मृतिहरूले उस बेलाको दसैँलाई ताजा बनाउँछ ।

    अहिलको दसैँ त के दसैँ । बढ्दो उमेर या आधुनिकताको प्रभाव भनौँ दसैँ त उहिलेकै राम्रो । अहिलेको त के दसँै । बसाइँसराइले त्यो बेला उल्लासमय हुने घरहरू अहिले खालीखाली छन् । युवा जति वैदेशिक रोजगारमा गएका कारण गाउँमा पिङ हाल्ने मान्छे पनि भेटिँदैनन् । अहिले त गाउँमा रहेका वृद्ध बुबाआमालाई पनि सहरमै बोलाएर दसैँ मनाउन थालिएको छ । पहिला दसैँ मनाउन सहर गाउँमा जान्थ्यो, अहिले गाउँ सहर आउन थालेझैँ लाग्छ । कतिपयले त यही बेला बुबाआमालाई विदेशमै बोलाउन थालेका छन् ।

    दसैँको मुखैमा आएको बाढीपहिरोले धेरैको दसैँ निराश बनाएको छ । गाउँ फर्कन नपाएर सहरमै दसैँ मनाउनेहरूको सङ्ख्या निकै देखिन्छ । सामाजिक र सामूहिकताको भावना विस्तारै स्खलित हुँदै गएको आभाष हुन्छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मै बरु मोबाइलमा व्यस्त देखिन्छन् । पहिले घरका भित्ताहरू रङ्गिएछि दसैँ आएजस्तो हुने, अहिले त सामाजिक सञ्जालका भित्ताहरू दसैँको शुभकामनाले रङ्गिएपछि दसैँ आएजस्तो हुने । समय कति बदलियो है ! अहिलेका बालबालिकाले त नजिका आफन्तसमेत चिन्न छाडिसके ।

    चाडबाडले भेला हुने, घुलमिल हुने, आत्मीयता आदानप्रदान गर्ने अवसर प्रदान गर्छ तर त्यो क्रम विस्तार कम हुँदै गएको महसुस हुन्छ । यस्तो अवस्थामा हामीले चाडबाडको मर्म र आनन्दलाई नयाँ पुस्तामा जस्ताको तस्तै प्रवाह गर्न सक्नुपर्छ ताकि उनीहरूले यसको अर्थ र महत्वलाई बुझ्न तथा अनुसरण गर्न सकून् ! दसैँलाई देखासिखी गरेर दशा नबनाऔँ । घाँटी हेरी हाड निलौँ । दसैँका बेला धेरै चिल्लो पिरो र मदिरा सेवन गरेर स्वास्थ्यलाई प्रतिकूल असर पार्ने काम नगरौँ । हाम्रा रितिथिति, चाडपर्वका मौलिकता संरक्षणमा सबै गम्भीर बनौँ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.