काठमाडौं । साउथ ह्याम्पटन इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा न्युकासल युनाईटेडलाई २-० गोलले पराजित गर्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो । साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक/एक गोल गरे । खेलको ७ औं मिनेटमा चेले गोल गर्दै अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा स्टुवार्टले गोल गर्दै साउथह्याम्पटनका लागि दोस्रो गोल गरेका थिए । जितसँगै साउथह्याम्पटनले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । न्युकासल ८ खेलमा ११ अंक जोडेर ११औं स्थानमा रहेको छ ।








