• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी

  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रूपमा प्रदान गर्न घरदैलोमै घुम्ती शिविर आयोजना गरेपछि स्थानीयवासी खुसी भएका छन् । सेवा लिन पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्यका लागि पालिकाले घरदैलो सेवा सुरु गरेपछि स्थानीयवासी खुसी भएका हुन् । घुम्ती शिविरबाट घरदैलोमै सेवा पाउँदा सहज भएको म्याग्दे गाउँपालिका–१ का दुर्गा रानाले बताउनुभयो । पालिकाबाट प्रदान गरिने सेवा लिन प्रमुख प्रशासनिक केन्द्रसम्म पुग्नुपर्ने बाध्यता रहेकामा पालिकाले घरदैलोमा आएर सेवा दिँदा सजिलो भएको उहाँले सुनाउनुभयो ।

    यहाँ गत असोज ६ गतेदेखि घरदैलोमा पुगेर एकीकृत सेवा सुरु गरिएको हो । जसअनुसार वडा नं १, २, ३ र ७ मा दसैँ अगावै एकीकृत घुम्ती शिविर सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । वडा नं १ को बाख्रे, बच्र्याङ, गुणादी, वडा नं २ को गुन्जरा र पार्टीचौर, वडा नं ३ को झिमिरे चोक र निर्मलबस्ती, वडा नं ७ को समिधारा स्वास्थ्य केन्द्र, तिल्याटार सामुदायिक भवनमा एकीकृत घुम्ती शिविर सम्पन्न भइसकेको छ ।

    दसैँपश्चात् वडा नं ४, ५ र ६ मा एकीकृत घुम्ती शिविर सुरु गरिएको र जसअनुसार वडा नं ४ को कोलडाँडा स्वास्थ्य भवन, गणेश माविमा मङ्गलबार र सोही वडाको छिम्लीस्वाँरा कालिका मोइ समूह भवनमा बुधबार शिविर सञ्चालन गरिएको वडाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । वडा नं ५ को माथिल्लो घडेरी, छाङ पाटन, साउनेपानी, बोटेनीटारमा कात्तिक आज र भोलि शुक्रबार तथा वडा नं ६ को सर्वलाङ, रत्न मावि, तिलाहार र गाउँस्वारा र अकला सामुदायिक भवनमा कात्तिक ११ र १२ गते शिविर सञ्चालन गरिने पालिकाले जनाएको छ ।

    पालिकाको पहुँचभन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रूपमा स्वास्थ्य, कृषि, पशु सेवा, पञ्जीकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत सेवा सहज तरिकाले जनतासामु पु¥याउने उद्देश्य अनुसार एकीकृत घुम्ती शिविर अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

    शिविरमा स्वास्थ्यतर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, भिडियो एक्सरेसहित गर्भवती परीक्षण, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परीक्षण सेवा प्रदान गर्ने गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कृषितर्फ उन्नत जातका बीउविजन वितरण, विभिन्न अनुदानका सूचनाका माग सङ्कलन, पशु सेवातर्फ बिरामी पशुपक्षीको उपचार, पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधि वितरण, गोवर परीक्षण, कुकुर बिरालोलाई रेविज विरुद्धको खोप सेवा प्रदान गरिएको छ ।

    पञ्जीकरण सेवातर्फ जन्मदर्ता, बसाइँसराइ, विवाहदर्ता, मृत्युदर्ता, सामाजिक सुरक्षा भत्तालगायतका विभिन्न सिफारिस, उद्योगतर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सूचीकृत सेवा उपलव्ध गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उल्लेख गर्नुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.