कोरोनाले विद्यार्थीलाई पार्यो ठुलो घाटा
न त जान पाइयो स्कुल न त भयो भेटघाट।।
सॅगै पढ्ने साथी सॅगी कस्ता भए कुन्नि
स्कुल जान नपाउदा यो मन दु:खी हुनी।।
घर बाहिर जानै हुन्न रोग सर्ने डरमा
कैले सम्म पढ्ने होला अनलाईनको भरमा।।
सुन्दर सपना बोकी आउने मेरा साथीभाई
यो रोगसॅग नडराउ है आत्मबल बढाई।।
घरमै बसी राम्रा राम्रा चित्र कोर्ने गरौॅ
हामी सबै मिलीजुलि ज्ञानको ज्योति छरौॅ।।
छिटै जाओस् यो कोरोना यहि छ मेरो चाहना
शुभ दिपावली 2077 को सम्पुर्ण मा शुभकामना।।
कक्षा: चार
जेम्स् स्कुल, बनस्थली-काठमाण्डौ








