• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै

  •   बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  ।  नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि फूलको उत्पादन वृद्धि भएको हो । यसवर्ष स्थानीय फूलको माला प्रवर्द्धन गर्न नगरपालिकाले प्लास्टिकका मालाको आयात बन्द गरेपछि किसानले उत्पादन गरेका फूल बढी खपत भएको गैँडाकोट–१ की पुष्प व्यवसायी मीना केसीले बताउनुभयो ।

    विगतको वर्षको तुलनामा यसवर्ष फूलको उत्पादन बढी भएकाले स्थानीय बजारका साथै जिल्ला बाहिरबाट समेत माग आएको उहाँले उल्लेख गर्नुभयो । “बारीमा ढकमक्क फूल फुलेको छ, तिहार भर्खरै सुरु भएको छ”, उहाँले भन्नुभयो, “तिहारको अवधिमा यहाँको सबै फूल खपत हुनेमा विश्वस्त छौँ ।” एक्लो प्रयासमा तीन कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको भन्दै केसीले बीउमा अनुदान तथा फूलमा रोगकीरा लागेमा सोको व्यवस्थापनका लागि नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको बताउनुभयो ।

    फूलखेती गर्न मेहनत धेरै गर्नुपर्ने भए पनि फूल बिक्री हुँदा नोक्सानी नहुने केसीले बताउनुभयो । गैँडाकोटमा उत्पादन भएको सयपत्री फूलको माला प्रतिगोटा रु ६० देखि रु एक सयसम्म तथा फूल प्रतिकिलो रु तीन सय ५० देखि रु पाँच सयसम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । फूल आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आफूहरुलाई सम्पर्क गरेर माग गर्ने गरेका भन्दै आजदेखि भने आमउपभोक्तालाई लक्षित गरी फूल टिप्न सुरु गरिएको केसीले बताउनुभयो ।

    “तिहारका लागि फूलको माग आइरहेको छ”, उहाँले भन्नुभयो, “आजदेखि फूल टिपेर सर्वसाधारणका लागि पनि बिक्री वितरण गर्ने गरी तयारी गरेका छौँ ।” गैँडाकोटमा सयपत्री फूलको उत्पादन राम्रो हुने भएकाले किसानलाई फूलखेतीमा आकर्षण गर्न अनुदान दिन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले सयपत्रीको उन्नत जातको बीउ लगाउँदा यस वर्ष राम्रो उत्पादन भएको बताउनुभयो । “हामीले सयपत्री फूलको बीउमा बिलको आधारमा ५० प्रतिशत अनुदान दिएका छौँ”, उहाँले भन्नुभयो, “फूलखेतीको नियमित हेरचाह र रोगकीराको सङ्क्रमण देखिँदा किसानलाई प्राविधिक सहयोग समेत गर्दै आएका छौँ ।”

    कृषि विकास शाखा प्रमुख शर्माकाअनुसार यसवर्ष गैँडाकोट नगरपालिकाभित्र मात्रै ४१ जना किसानले एक कठ्ठादेखि एक बिघा जमिनमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । “व्यावसायिक रुपमा खेती गरेका किसानले पाँच बिघा भन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गरेका छन्”, उहाँले भन्नुभयो, “व्यक्तिगत प्रयोजनका लागि समेत यहाँ फूलखेती गरिने हुँदा नगरपालिकाभित्र करिब आठ बिघा क्षेत्रफलमा फूलखेती भएको छ ।” यहाँ उत्पादन भएको फूल स्थानीय बजारमा पर्याप्त भएर नारायणगढ, कावासोती, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा पठाउन पालिकाले समन्वय गरिरहेको शर्माले जानकारी दिनुभयो ।

    नगरपालिकाले तीन वर्ष अघि व्यावसायिक रुपमा फूलखेती गर्न किसानलाई आकर्षित गरेको उल्लेख गर्दै उहाँले त्यसपछिका वर्षमा किसानलाई तालिम, बीउ र बिरुवामा अनुदान, प्राविधिक सहयोग नियमित गर्दै आएको बताउनुभयो । गैँडाकोटमा फूलखेतीका लागि उपयुक्त माटो र हावापानी भएकाले आगामी वर्षमा उत्पादनसँगै क्षेत्रफल बढाउन किसान लक्षित विभिन्न कार्यक्रम ल्याउने योजना रहेको कृषि विकास शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । यहाँ व्यक्ति तथा समूहले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.