काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म ६ जनालाई मात्रै कोरोना संक्रमण भएको जनाएको छ ।६ जनामध्ये एकजना निको भएर घर गइसकेको र बाँकी पाँचजना उपचारकै क्रममा रहेको बताए ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, “अहिलेसम्म नेपालमा कुल ६ वटा कोरोना संक्रमणको केस फेला परेको हो । त्यसमा एकजना निको भएर फर्किइसकेका छन् । पाँचजना उपचारकै क्रममा छन् । दुईजना टेकुमा, दुईजना बागलुङ र एकजना धनगढीमा उपचारका क्रममा छन् ।”
उनले पोखरामा अहिलेसम्म कोरोना पोजेटिभ नभेटिएको बताए ।उनले भने, “पोखराको केस पोजेटिभ केस होइन ।”उनका अनुसार अहिलेसम्म नेपालमा १२० जना आइसोलेसनमा छन् ।
स्वास्थ्य मन्त्रालय : “पोखराको केस पोजेटिभ केस होइन
स्वास्थ्य मन्त्रालय : “पोखराको केस पोजेटिभ केस होइन
- अ
- अ
- अ








