• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

  •   शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दाङ । दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित हुनुहुथ्यो । अत्यधिक ढाड दुखाइ भएपछि उहाँ शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुग्नुभयो । उहाँ भन्नुहुन्छ, “आपनै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिनुभएको छ । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । विशेषज्ञ सहितका डाक्टर गाउँमा आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि यहाँ आएको हुँ । राम्रोसँग सेवा लिन पाए ।” त्यस्तै, दङ्गीशरण गाउँपालिका–७ की ६५ वर्षीया माइली थरुनी पनि उक्त शिविरमा उपचारका लागि आउनुभयो ।

    मिर्गाैलाको समस्याबाट समेत पीडित उहाँ स्वास्थ्य शिविरमा सहभागी हुनुभयो । गाउँमै निःशुल्क स्वास्थ शिविरबाट चिकित्सकले चेकजाँच, उचित सल्लाहसुझाव र औषधि पाउँदा खुसीको अनुभूति भएको उहाँले सुनाउनुभयो । त्यस्तै, स्थानीय शोभा नेपालीले शिविरमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा धेरै राहतको अनुभूति भएको बताउनुभयो । विपन्न परिवारका नागरिलाई लक्षित गरी नेपाली सेना र शान्तिनगर गाउँपालिकाले घरआँगनमा नै स्वास्थ्य शिविर सञ्चालन गरेको हो । नेपाली तल्लो पेट तथा ढाड दुख्ने समस्याबाट पीडित हुनुहुन्छ । आर्थिक अभावका कारण आफू बजारका ठूला अस्पतालमा उपचार गर्न जान नसकेको नेपालीले दुखेसो पोख्नुभयो ।

    नेपाली सेना श्री नं १९ बाहिनी अड्डा तुलसीपुरको समन्वय तथा रणसिंहदल गण घोराही दाङ र शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजना एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती आँखा अस्पताललगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा शान्तिनगर गाउँपालिका–५ बैसामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सयौँ सर्वसाधारणले आफ्नो स्वास्थ्य परीक्षण का गराएका छन् । १९ नं वाहिनी अड्डाका वाहिनीपति सहायक रथी पदमबहादुर बुढाले आर्थिक अभावका कारण उपचारमा पहुँच नपुगेका दुरदराजका नागरिकहरुलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाली सेनाले जनताको आवश्यकतालाई दृष्टिगत गरी गाउँपालिकाको सहकार्यमा विशेषज्ञसहितको सेवा प्रदान गरिएको बताउनुभयो ।

    शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्थानीय जनताको स्वास्थ्यलाई दृष्टिगत गरी नेपाली सेनाको सहकार्यमा शिविर आयोजना गरिएको बताउनुभयो । स्थानीय स्तरमा विभिन्न रोगको उपचार जनताले सजिलै नपाउँदा खेप्नु परेको समस्यालाई दृष्टिगत गर्दै विशेषज्ञ सेवासहितको निःशुल्क शिविर आयोजना गरिएको उहाँको भनाइ थियो । शिविरमा दुई जटिल अवस्थाका बिरामीको आइतबार राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गरिने बताउनुभयो । शिविरमा सात सय ४२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । “गम्भीर बिरामीलाई काठमाडाँै मेडिकल कलेजमा निःशुल्क उपचारका लागि पठाइने छ”, अध्यक्ष बस्नेतले भन्नुभयो । शिविरमा स्त्रीरोग, चर्म रोग, आँखा, दाँत, हाड जोर्नीलगायत विशेषज्ञसहितको सेवा प्रदान गरिएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.