• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रबाट चार गैंडा पूर्वी सेक्टर लगिने

  •   सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र)बाट चार वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर लगिने भएको छ । पश्चिम सेक्टरमा रहेकामध्ये १० वटा गैँडा पूर्वी सेक्टरमा लैजाने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्णय अनुसार बाँकी चार वटा गैँडा स्थानान्तरण गर्न लागिएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए

    गोरखापत्र दैनिकमा समाचार छ, छ वटा गैँडा भने गत वर्षको चैतमै स्थानान्तरण गरी पूर्वी सेक्टर लगिएको थियो । गैँडाको घनत्व र बाढीको जोखिमका हिसाबले निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेको भन्दै आन्तरिक रूपमा स्थानान्तरण गर्न लागिएको विभागका सूचना अधिकारी आचार्यले बताए ।

    “बिहानै जङ्गलबाट निस्कने, राति गाउँ छिर्ने, किसानको बाली नष्ट गर्ने र बेला बेला मानिसलाई समेत आक्रमण गर्ने गरेको तथ्य एकातिर छ भने अर्कोतर्फ एउटै गोरेटो बाटोबाट निस्कने गैँडा त्यही बाटो फर्कंदा तस्करले समेत आक्रमण गर्ने गरेकाले स्थानान्तरण आवश्यक थियो,” आचार्यले भने । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पश्चिम सेक्टरमा गैँडाको घनत्व बढी हुँदा पानी र वासस्थानको समेत समस्या भएको र अनुवंशिक सन्तुलन मिलाउनका लागि पनि स्थानान्तरण आवश्यक रहेको बताए ।

    निकुञ्जको तथ्याङ्क अनुसार पश्चिम सेक्टरमा पूर्वी सेक्टरको तुलनामा गैँडाको चाप बढी छ । कसरालाई मध्य क्षेत्र मान्दा भने त्योभन्दा पश्चिममा ६५ प्रतिशत र पूर्वमा ३५ प्रतिशत गैँडा रहेको तथ्याङ्क छ । निकुञ्जमा पछिल्लो गणना अनुसार ६९४ गैँडा छन् । सन् २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिएपछि २०८० को चैत महिनामा पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो ।

    कार्यदलको सिफारिसका आधारमा गैँडाको घनत्व बढी, वासस्थानको समस्या तथा मानव वन्यजन्तु द्वन्द्व र जलवायु परिवर्तनका कारण गैँडाको स्थानान्तरण आवश्यक रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले बताए । जलवायु परिवर्तनको प्रभावले गैँडामा पर्ने असरबारे विद्यावारिधि गरेका प्रमुख संरक्षण अधिकृत पन्तले बाढीको जोखिमका हिसाबले चितवन निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउँदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने उनको भनाइ छ ।

    नारायणी, राप्ती जस्ता ठुला नदी रहेको चितवन राष्ट्रिय निकुञ्जमा अहिले पनि हरेक वर्षजसो बाढी आइरहेको छ तर कति गैँडा बगाएको छ भन्ने यकिन तथ्याङ्क निकुञ्जसँग पनि छैन । भारतले पनि नदीमा बगेर पुगेका गैँडा उतै संरक्षण गर्न थालेपछि त्यसलाई उद्धार गरेर ल्याउन सक्ने अवस्था नभएकाले पनि गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्नु पर्नेमा उनको जोड छ ।

    पर्यटन व्यवसायीको विरोध

    पश्चिम सेक्टरबाट गैँडा स्थानान्तरण गर्न लागिएकोप्रति नवलपुरका पर्यटन तथा होटल व्यवसायीले भने विरोध गरेका छन् । संरक्षणका लागि भन्दै गैँडा स्थानान्तरण गर्न लागिए पनि त्यसले समस्या समाधान नगर्ने बताउँछन् नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतो । “निकुञ्जको मुख्य आकर्षण भनेकै पूर्वमा बाघ, पश्चिममा गैँडा र नदीमा घडियाल हो, यसरी हाम्रो क्षेत्रमा रहेका गैँडालाई निरन्तर पूर्वी क्षेत्रमा लैजाँदा हाम्रोमा गैँडा नै नभएको र संरक्षण गर्न नै असक्षम भएको भन्ने सन्देश दिन खोजिएको छ,” महतोले भने, “यो गलत छ ।”

    यस्तै जिल्ला होटेल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानाले गैँडा स्थानान्तरण कार्यले नवलपुरमा उठ्दै गरेको पर्यटन क्षेत्रलाई अपाङ्ग पार्ने नीति भएको बताउँछन् । पूर्वमा गैँडाको घनत्व बढाउन स्थानान्तरण होइन, घाँसे मैदानको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । नवलपुरका सरोकारवालाहरूले गैँडा स्थानान्तरण तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई संरक्षण र पर्यटनको क्षेत्रमा काम गर्दै आएका नवलपुरका आधा दर्जन सङ्घ संस्थाले गैँडा स्थानान्तरणले नवलपुरको जैविक विविधता, पर्यावरणीय सन्तुलन र पर्यटन उद्योगमा असर पर्ने भन्दै गैँडा स्थानान्तरणको काम तत्काल रोक्न पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् ।

    ध्यानाकर्षणपत्रमा स्थानान्तरणको सट्टा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वैज्ञानिक विधि अवलम्बन गरी गैँडाको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । नवलपुर होटल व्यवसायी सङ्घ, नवलपुर पर्यटन समिति, नेचर गाइड एसोसिएसन, ऐतिहासिक कावासोती ताल संरक्षण समिति, हरियाली संस्था र कावासोती होटेल व्यवसायी सङ्घको नगर समितिले संयुक्त रूपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.