• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘सबैलाई करको दायरामा ल्याउन कर शिक्षा आवश्यक’

  •   शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  सबैलाई करको दायरामा ल्याउन करसम्बन्धी जानकारीमूलक शिक्षा आवश्यक रहेकामा सरोकार भएकाले जोड दिएका छन् । १३औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरको संयोजनमा आयोजित कार्यक्रममा सहभागीले कर करले नभई स्वस्फूर्त रूपमा तिर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कानुनको परिधिभित्र रहेर सम्पूर्ण नागरिक तथा उद्योग, व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्नुभयो । उहाँले कर शिक्षाका बारेमा आमनागरिकलाई आवश्यक जानकारी उपलब्ध गराउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    उद्योगी, व्यवसायीरूले कर शिक्षाका बारेमा बेवास्ता नगर्न नहुने धारणा राख्दै प्रजिअ पौडेलले हरेका नागरिकले आफूले तिनुपर्ने करलाई दायित्वका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसाय सञ्चालन गर्नुअघि करका बारेमा अनिवार्य जानकारी लिन सबैलाई आग्रह गर्नुभयो । कर शिक्षाका बारेमा व्यवसयीले जानकारी पाएको खण्डमा कर तिर्नबाट नभागी जागरुक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले सङ्घले व्यवसायीलाई करका बारेमा आवश्यक जानकारी दिँदै आएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रम विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गर्नुभयो ।

    उहाँले व्यवसायीमा करका बारेमा सामान्य ज्ञान नहुँदा समस्या आउने गरेको भन्दै आन्तरिक राजश्व कार्यलयको परिसरमा कर सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उक्त सहायता कक्षमा व्यवसायीले नजानेका÷नबुझेका करसम्बन्धी प्रवाधान, अवस्थालगायत विषयमा जानकारी लिन सकिने अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । कक्षलाई सेवाग्राहीमैत्री र व्यवस्थित बनाउन कर कार्यालयसँग सहकार्य गरिँदै आइएको उहाँले बताउनुभयो । चितवन उद्योग सङ्घका कार्यवाहक अध्यक्ष मदन घिमिरेले कर शिक्षाका बारेमा सबैलाई चेतना जगाएर करको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

    सङ्घले सबैलाई समयमा करको दायरामा ल्याउन पहल गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “कर करले होइन इजजतले तिरौँ ।” जिल्लास्थित हार्डवयर व्यवसायी सङ्घका अध्यक्ष नरहरि घिमिरिले कर शिक्षा विद्यालय तहदेखि दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । अडिटर एशोसियशन नेपालका अध्यक्ष प्रदीपराज वस्तीले कर शिक्षा बुझेपछि व्यवसायीमा करसम्बन्धी आउने समस्या समाधान गर्न सहज हुने धारणा राख्नुभयो । नेपाल चार्टस एकाउन्टेन्स सङ्घ (एक्यान) का जिल्ला उपाध्यक्ष लक्ष्मन अधिकारीले कर प्रणाली प्रविधिमैत्री बन्दै गएको अवस्थामा कागजी प्रक्रियालाई विस्तारै विस्थापन गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।

    जिल्लास्थित नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष गोपाल भट्टराईले कर प्रणालीलाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । मध्यम व्यवसाय गर्नेले करका बारेमा कम बुझ्दा समस्यामा पर्ने गरेको भन्दै उहाँले कुनै वस्तु तथा सेवा लिँदा बिल लिएर मात्र कारोबार गरेको खण्डमा कर प्रणाली व्यवस्थित बन्दै जाने उल्लेख गर्नुभयो । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर सप्ताहको अवसरमा जिल्लाका सबै स्थानमा पुगेर कर सचेतना कार्यक्रम गरिने जानकारी दिनुभयो ।

    कर शिक्षाका बारेमा विद्यालयतहदेखि बुझाउनुपर्ने भएकाले विद्यालयसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न सुरक्षा निकायका अधिकारी, सङ्घसंस्थाका प्रतिनिधि तथा विभिन्न विद्यालयबाट विद्यार्थीहरूको सहभागिता थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.