• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गैंडाकोट नगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

  •   मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । गैंडाकोटवासीलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा २५ देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच आज यस सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार गैंडाकोटवासीले होल बडी चेकअपमा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा २५ प्रतिशत र अस्पतालको फार्मेसीमा ७ प्रतिशत छुट पाउने छन् । अस्पतालले बजारबाट खरिद गरेको सामानमा भने यो सुविधा नपाईने सम्झौतामा उल्लेख छ । यो सुविधा लिनका लागि गैंडाकोट नगरपालिकाले पालिकावासीको विवरण सहितको कार्ड उपलब्ध गराउने छ ।

    उक्त कार्डका आधारमा छुट सुविधा लिन पाईने छ । कार्ड नबन्ने समयसम्म नगरपालिकाको सिफारिसको आधारमा छुट सुविधा पाईने छ । स्वास्थ्य बीमा, विपन्न र मेडिकल लिगल केसमा भने गैंडाकोटवासीले छुटको दावी गर्न पाउने छैनन । नगरपालिकाले आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविरमा आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ती अस्पतालले उपलव्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त शिविरका लागि खाने, बस्ने, औषधि र यातायात भने पालिकाले व्यवस्था गर्नुपर्ने छ । यसैगरी चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा संचालित सिटिईभिटिको पढाईमा विद्यार्थीहरुलाई १० प्रतिशत छुटका लागि नगर प्रमुखले सिफारिस गर्न सक्ने जनाईएको छ ।

    नगरपालिकाले आफ्नो कार्यालय परिसरमा सर्वसाधारण व्यक्तिहरुले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ वाई ६ फिटको बोर्डमा दुवै पक्ष बीच भएको सम्झौताको जानकारी राख्नु पर्ने सम्झौतामा उल्लेख छ ।यो सेवा आज मंसिर ४ गतेबाट लागू भई २०८२ मंसिर ३ गतेसम्म लागू हुने छ । सम्झौतालाई पुनः नविकरण गर्न सक्ने प्रावधान राखिएको छ । सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. दयाराम लम्साल र नगरपालिकाको तर्फबाट नगर प्रमुख मदनभक्त अधिकारीले हस्ताक्षर गर्नुभएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, सिएमसीका निर्देशक प्रशासक प्रताप देवकोटा र सिएमसी फर्मेसीका सरोजप्रसाद ज्ञवालीले साक्षीमा हस्ताक्षर गर्नुभएको छ ।

    सो अवसरमा नगर प्रमुखका स्वकीय सचिव रोशनभक्त अधिकारी, गैँडाकोट नगरपालिका वडा नं. ११ का अध्यक्ष गोविन्द प्रसाद सुवेदी लगायतको उपस्थिति थियो । सम्झौता कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले गैंडाकोट फरक जिल्ला भएपनि स्वास्थ्यको विशेषज्ञ र अतिविशिष्टिकृत सेवा लिन चितवन आउनु पर्ने भन्दै सम्झौताले गैंडाकोटवासीलाई लाभ मिल्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत खनालले नगरपालिकाले नगरवासीको स्वास्थ्यउपचारलाई विशेष महत्व दिएर यो सम्झौता गरेको बताउनुभयो । यो सुविधाले विपन्नसँगै सम्पूर्ण नगरवासीले लाभ लिन सक्ने उहाँको भनाई छ ।

    अतिविशिष्टिकृत सेवा लिन गैंडाकोटवासी अन्यत्र भौतारिन नपर्ने बताउँदै उहाँले नगरवासीको उपचारमा थप समन्वय गरिने बताउनुभयो । सिएमसीका निर्देशक प्रशासक देवकोटाले सम्झौताले दुई संस्थाको सम्बन्धलाई अझ मजबुद बनाएको भन्दै सिएमसीले दिएको छुट सुविधाको उपभोग गर्न गैंडाकोटवासीलाई आग्रह गर्नुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.