चितवन । विश्व व्यापी रुपमा महामारीको रुप लिदै गएको कोरोना भाइरसको परिक्षण अब चितवनमा पनि हुने भएको छ ।
हिजो बिहिबार कोरोना परिक्षणको लागि स्थलगत अनुगमनमा खटिएको प्राविधिक टोलीले चितवनमा कोरोना परिक्षण प्रयोगशाला राख्ने निर्णय गरेको हो ।प्रयोगशाला भने भरतपुर स्थित बाइपास रोडमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाको परिसरमा राखिने भएको छ । देशकै केन्द्र भागमा रहेको चितवन सरुवा रोगको अति संवेदनशिल स्थान रहेकाले प्रयोगशाला स्थापना गरिएको बताईएको छ ।









