• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

नेपालमा लिङ्ग परिवर्तन गर्न कृत्रिम हर्मोन प्रयोग

  •   शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपालमा चिकित्सकको सल्लाहबिना लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोनको प्रयोग गर्ने गरेको पाइएको छ । धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ, यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिले लिङ्ग परिवर्तनका लागि जथाभाबी हर्मोनको औषधी प्रयोग गरेको पाइएको छ । यौनिक तथा अल्पसङ्ख्यक समुदायको क्षेत्रमा काम गर्दै आउनुभएकी एन्जल लामाले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिले लिङ्ग परिवर्तनका लागि जथाभाबी औषधीहरू सेवन गर्ने गरेको बताउनुभयो । पारालैङ्गिकमध्ये ८० प्रतिशतले चिकित्सकको परामर्शबिना हर्मोनको औषधी सेवन गरिरहेको जानकारी दिँदै लामाले चिकित्सकको सल्लाह र परीक्षणबिना हर्मोनको औषधी सेवन गर्न नहुने बताउनुभयो ।

    उहाँले लिङ्ग परिवर्तन गर्न नेपालमा सम्भव नभएको भन्दै आर्थिक क्षमता भएकाहरू भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पनि लिङ्ग परिवर्तन गराइरहेको बताउनुभयो । उहाँले शल्यक्रिया गर्न नसक्नेहरूले नेपालमा जथाभावी हर्मोन परिवर्तनका लागि औषधी सेवन गरिरहेको बताउनुभयो । उहाँले आफूखुसी हर्मोनको औषधी सेवनबारे व्यापक रूपमा जनचेतना जगाउनुपर्ने बताउनुभयो । हर्मोन तथा थाइराइड रोग विशेषज्ञ डा विनय भट्टराईले हर्मोनको जथाभाबी सेवन गर्दा समस्या हुने बताउनुभयो ।

    उहाँले अधिकांश यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्ने गरे पनि कतिपयले भने आफूखुसी खाने गरेको बताउनुभयो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले हर्मोन सेवन गर्दा चिकित्सकको परामर्शमा परीक्षण गरेर मात्र सेवन गर्न सुझाव दिनुभयो । उहाँले हर्मोनल पिलहरू टेस्टोस्टेरोन, इस्ट्रोजेन र प्रोजेस्ट्रोनले शरीरको हर्मोनल सन्तुलनमा परिवर्तन ल्याउन सक्ने जानकारी पनि दिनुभयो । उहाँले पिलहरू डाक्टरको सल्लाहबिना लिइन्छ भने यसले शरीरमा असमान हर्मोनल स्तरहरू सिर्जना गर्न सक्ने बताउनुभयो ।

    उहाँले हर्मोनको आफूखुसी प्रयोगले अनियमित महिनावारी, प्रजनन तथा मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने बताउनुभयो । मकवानपुरका सञ्जीव शर्मा (नाम परिवर्तन) पहिले बालिका भएर जन्मनुभएको थियो । विद्यालय अध्ययन गर्दै जाँदा उहाँलाई आफू बालक भएको महसुस हुन थाल्यो । यो कुरा कसरी समाजमा ल्याउने भन्ने चिन्ताले पिरोलिनुहुन्थ्यो । बिस्तारै आफू केटा महसुस भएको साथीभाइ र परिवारलाई भन्नुभयो तर उहाँको कुरा परिवारले सहजै स्वीकार गरेन । त्यही कारण उहाँले विष सेवन गर्नुभएको थियो । भरतपुर अस्पतालमा ल्याएर दुई हप्ता उपचार गराएपछि उहाँलाई ठिक भयो ।

    उहाँ हाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको संस्थामा आबद्ध हुनुहुन्छ । उहाँले आफू अहिले पुरुष जस्तो देखिए पनि आवश्यक पर्दा गर्भवतीसमेत हुन सक्ने बताउनुभयो । “मैले अहिले पनि लिङ्ग परिवर्तनका लागि हर्मोनको औषधी प्रयोग गरिरहेको छु,” शर्माले भन्नुभयो, “नियमित औषधी सेवन नगरेको अवस्थामा असहज हुने गर्दछ ।” नेपालमा यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू लिङ्ग परिवर्तन गर्नका लागि महिलाबाट पुरुष बन्टेस्टोस्ट्रोन र पुरुषबाट महिला बन्प्रोजेस्ट्रोन हर्मोन अत्यधिक रूपमा प्रयोग गर्ने गरेका छन् ।

    गौतमबुद्धको जन्मस्थल आसपासका उद्योग स्थानान्तरण गर्न सर्वाेच्चको परमादेश
    सहुलियतपूर्ण कर्जामा पहुँचवालाकै रजाइँ
    प्रधानमन्त्री ओलीको अठोट भएन पूरा, देशभर अझै १४ वटा तुइन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.