काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ५७१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२६ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । क्वारेन्टिनमा ९६७ जना रहेका छन् ।








