• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन राइनोजसँग पोखराको लज्जास्पद हार, राइनोजको लगातार दोस्रो जित

  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १३.२ ओभरमा ७४ रनमै समेटियो । प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जित हो ।

    चितवनले यसअघि पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालको थियो । पोखराका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । पोखराबाट नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाए । उनले २४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । मार्कस क्रितकेलीले १६ बलमा दुई चौकासहित १७ रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पोखराले पहिलो पावर प्लेको पहिलो ओभरमा कप्तान कुशल भुर्तेल, दीलिप नाथ र बास डे लिडेलाई गुमाएको थियो । चितवनका सोहेल तान्विरले इनिङको पहिलो बलमै पोखराका कप्तान कुशललाई ‘रोयल डक’ गरे ।

    यस्तै, चौथो बलमा चार रन बनाएका दीलिपलाई र त्यसपछि ब्याटिङमा आएका बास डे लिडेलाई ‘गोल्डेन डक’ गरे । यसपछि चौथो ओभरमा रिजन ढकालले पनि तीन विकेट लिए । सो ओभरको पहिलो बलमा रिजनले दीनेश खरेल, चौथो बलमा किरण ठगुन्ना र अन्तिम बलमा माइकल लिस्कलाई आउट गरे । सातौँ ओभरको दोस्रो बलमा चितवनका लुक बेन्केन्स्टाइनले पोखराका रेमन रेफरलाई विपीन रावलबाट क्याच गराए । रेफरले पोखराको खातामा एक रन थपे ।

    ११औँ ओभरको दोस्रो बलमा पोखराका मार्कस क्रितकेलीलाई बेन्केन्स्टाइनले एलबीडब्लूको धरापमा पारे । १३औँ ओभरको पाँचौँ बलमा पोखराका नारायण जोशीलाई बेन्केन्स्टाइनले सन्तोष कार्कीबाट क्याच गराए । पोखराका दीनेश र किरणले समान एक रन बनाउँदा लियस्क ‘डक’ भए । चितवनका सोहेल तान्विर, रिजन र लुक बेन्केन्स्टाइनले समान तीन विकेट लिए । दीपक बोहराको नाममा एक विकेट रह्यो । समान तीन ओभर बलिङ गरेका तान्विर र रिजनले एक मेडन फ्याक्दै क्रमशः ६ र १० रन खर्चिए ।

    पहिलो इनिङ : बोपाराको अर्धशतक
    त्यसअघि टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रनको योगफल खडा ग¥यो । चितवनका बोपाराले ५१ रन बनाए । बोपाराले ३८ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।

    योसँगै बोपारा एनपीएलमा अर्धशतक प्रहार गर्ने पाँचौँ ब्याटर बने । यसअघि विराटनगरका मार्टिन गप्टिल, जनकपुरका अनिल साह र लहिरु मिलान्थासँगै सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए ।

    ४६–३ को कठिन स्थितिबाट बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटका निम्ति ६८ रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हालेका थिए । बोपारा १६औँ ओभरको अन्तिम बलमा रेमन रेफरको बलिङमा मार्कस क्रितकेलीबाट क्याच हुँदै पभेलियन फर्किएका थिए ।

    यी दुई क्रिजमा हुँदा चितवनले पहिलो १० ओभरमा ९३ रन बनाएको थियो । तर, यसपछिका ब्याटर क्रिजमा लामो समय टिक्न नसक्दा चितवन विशाल योगफलसम्म पुग्न सकेन । कुशलले २३ बलमा एक चौका र चार छक्कासहित ३८ रन बनाए । उनी १४औँ ओभरको दोस्रो बलमा सागर ढकालको बलिङमा कुशल भुर्तेलबाट क्याच आउट भएका थिए ।

    यसबाहेक, लुक बेन्केन्स्टाइनले १६ रन बनाएका थिए । छैटौँ ओभरका दोस्रो बलमा बास डे लिडेले गरेको बलिङमा कुशल भुर्तेलबाट क्याच हुनुअघि बेन्केन्स्टाइनले १३ बलमा एक चौका र दुई छक्का प्रहार गरे । ओपनर हसन आइसाखिलले १० बलमा एक चौका र एक छक्कासहित १४ रन बनाए ।

    हसन पाँचौँ ओभरको पहिलो बलमा विपीन खत्रीको बलिङमा कुशल भुर्तेलबाट क्याच भएका थिए । सन्तोष खत्रीले १३ बलमा ११ रन थपे । उनी रेमन रेफरले गरेको १८औँ ओभरको पाँचौँ बलमा विपीन खत्रीबाट क्याच भए । अविजित रहेका अमर रौटेलाले १३ र शदर भेषवाकरले ११ रन बनाए । दीपक बोहराले दुई रन थप्दा सोहेल तान्विर भने ‘गोल्डेन डक’ भए ।

    दीपकलाई पोखराका विपीनले बोल्ड गर्दा तान्विर बास डे लिडेको बलमा एलबीडब्लूको सिकार बने । पोखराका विपीन खत्री, बास डे लिडे र रेमन रेफरले समान दुई विकेट लिए । सागर ढकालको नाममा एक विकेट रह्यो ।

    प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । पोखराको भने प्रतियोगिताको पहिलो खेल हो ।

    यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध ९० रनको जित दर्ता गरेको थियो । प्रतियोगितामा बुधबार पनि दुई खेलहरू हुँदै छन् । बुधबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाज र दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले खेल्नेछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.