• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपाल र चीन प्राचीन ज्ञानका भूमिः प्रधानमन्त्री ओली

  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो ।

    “विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्व हाम्रो समाजको अडिग आधार हुन्”, उहाँले भन्नुभयो, “ती सभ्यताहरू अझै पनि हाम्रो आधुनिकताका यात्रामा गुञ्जिएका छन् ।”

    प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढेको स्मरण गर्नुभयो । सन् १९१९ मा विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवाद विरोधी चौथो आन्दोलन सुरु भएको उल्लेख गर्र्दै उहाँले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्वपूर्ण मोड भएको आफूले पाएको बताउनुभयो ।

    उहाँले लोकतन्त्र र जनताको खुसीका लागि आफ्नो खोज कठिनाइ र अवरोधको सामना गर्दा आफू अझ बलियो भएको बताउनुभयो । उहाँले हाम्रा पूर्वज केवल चिन्तक मात्र नभई आविष्कारक र दूरदर्शीसमेत भएको उल्लेख गर्दै उनीहरुको योगदान एसिया मात्र नभई संसारका लागि पनि एक धरोहर भएको बताउनुभयो ।

    “हामीले हाम्रो हिस्साका अशान्ति र चुनौतीहरू भोगेका छौँ । हामीले अन्धकारपूर्ण चरण पनि देखेका छौँ । मानिसलाई अभाव र अत्याचारको सिकार हुँदै देखेका छौँ”, उहाँले भन्नुभयो, “यसको बाबजुद पनि आशा र ज्ञानका किरण र नवप्रवर्तनको प्रकाश हाम्रो क्षेत्रमा कहिल्यै मेटिएको थिएन । आजको एसियाको उत्थान र पुनरुत्थान यस सभ्यतागत आधारमा आधारित छ ।”
    आज विश्वका कैयौँ देशले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको पुनःस्थापनाको कुरा गरिरहेका छन्, तर विडम्बना धेरै विकसित राष्ट्रहरुमा पनि आजका दिनमा पनि मानिसहरु लोकतन्त्रका लागि लड्नु परिरहेको अवस्था रहेको उहाँको भनाइ थियो ।

    “लोकतन्त्र केवल एक राजनीतिक संरचना मात्रै होइन, एक सामाजिक प्रणाली पनि हो”, उहाँले भन्नुभयो, “यस्तो प्रणाली जसले प्रत्येक व्यक्तिको सम्मानको रक्षा गर्छ, असीम सम्भावनाको भावना प्रेरित गर्छ र सबैका लागि सुरक्षा र सुरक्षाको वातावरण प्रवद्र्धन गर्छ ।”

    प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक रूपान्तरणको यात्रा विश्व इतिहासमा एक अद्वितीय मोडलका रूपमा रहेको उल्लेख गर्नुभयो । संसारका थुप्रै राजनीतिक सङ्घर्ष प्रायः एकल वर्गका प्रतिनिधिहरूले नेतृत्व गरे पनि नेपालको आन्दोलन सामूहिक प्रयत्नमार्फत सफल भएको उहाँको भनाइ थियो ।

    माक्र्सवादको दर्शनबाट प्रेरित र जननेता मदन भण्डारीको दूरदर्शी नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनताको बहुदलीय लोकतन्त्रको सिद्धान्तको विकास गरेको उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको जनताको लोकतान्त्रिक दृष्टिकोण चीनको ऐतिहासिक परम्परा, संस्कृति, र सामाजिक–आर्थिक विकासका आधार भएको आफूले पाएको बताउनुभयो । उहाँले नेपालको संविधान समाजवाद उन्मुख रहेको जानकारी गराउँदै हाम्रो आवश्यकता र आकाङ्क्षासँग मेल खाने समाजवादको मोडेलको मजबुत आधार स्थापनाका लागि आफूहरु अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

    “समाजवादलाई हाम्रो राष्ट्रिय आकाङ्क्षामा समेट्न ‘समृद्ध नेपाल, खुसी नेपाली’को नाराका साथ हामी आर्थिक समानता र सामाजिक भलाइमा समर्पित छौँ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले समग्र लोकतन्त्रको पूर्ण सम्भावनाको उपयोग गर्नका लागि ‘कसैलाई पनि पछाडि नछोड्ने’ उद्देश्यका साथ आफूरु अगाडि बढेको बताउनुभयो ।

    नेपाल र चीन बुद्ध र कन्फ्युसियसको भूमि रहेको उल्लेख गर्दै उहाँले दुवै देशबीच सुमधुर सहअस्तित्व र दीर्घकालीन मित्रताको लामो इतिहास रहेको बताउनुभयो । उहाँले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै यसलाई सबै राजनीतिक दलहरूले समर्थन गरेको पनि बताउनुभयो ।

    “राष्ट्रपति सी चिनफिङको दूरदर्शी पहलहरु जस्तै बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)लाई साझा समृद्धि र ‘विन–विन’ सहकार्यको भावनाको प्रशंसा गछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । चीनको चमत्कारिक आर्थिक विकासबाट नेपालले पनि प्रेरणा लिन सक्ने उहाँको भनाइ थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.