चितवन । चितवनमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा चितवनमा आज नागरिकता अधिकार सम्बन्धी सचेतनामुलक कचहरी नाटक प्रदर्शन गरिएको छ । महिला कानुनु र विकास मन्च (FWLD)ले रत्ननगर नगरपालिकाको सौराहाचोक, भरतपुर महानगरपालिकाको सहिदचोक र नारायणी नदि किनारमा गरि जिल्लाका ३ स्थानमा नाटक प्रस्तुत गरेको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका वडानम्बर १ का वडाध्यक्ष कुल प्रसाद पौडेल, भरतपुर महानगरपालिका वडानम्बर १ का वडाध्यक्ष केशव महर्जन , रत्ननगर नगरपालिका महिला विकास अधिकृत दीपा घिमिरे, स्थानीय प्रहरी लगायतको सहभागिता रहेको थियो । उनीहरुले स्थानीय पालिका तथा वडामा आई प्रस्तुत गरिएको सडक नाटकले कानुनी सचेतना अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका खेलेको बताए । साथै नाटकका माध्यमबाट संविधानले प्रदत गरेको नागरिकता सम्बन्धी ऐन र नियमनमा हालै गरिएका संसोधनहरुका बारमो सचेतनामुलक रुपमा प्रस्तुत गरिएकोमा आयोजक संस्थाको यस कार्यको प्रंससा समेत गरेको थिए ।
नाटकमा विशेषगरि आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न पाउने प्रावधान, मातृ वंशबाट नागरिकता प्राप्त गर्ने कानुनी प्रकृया, नागरिक र लैगिक विभेद बीचको सम्बन्ध र नागरिकता नहुनेले भोग्नुपरेका चुनौती लगायतका विषय समावेश गरिएको थियो । नाटक हेर्ने कतिपय दर्शकले नाटक आफ्नो व्यक्तिगत जीवनसंग मेल खाएको प्रतिक्रिया दिए । उनीहरुले आजपनि नागरिकताको सवालमा व्यवहारिक रुपमा अनेकौ कठिनाई र अवरोध झेल्नुपरेको समस्या साझा गरेका थिए । यस नाटक मार्फत आफुहरुलाई नागरिता ऐनको बारेमा स्पष्ट हुन थप मद्धत मिलेको उनीहरुको धारणा थियो ।
२०८० सालको जेठ १६ गते नेपालमा नागरिकता सम्बन्धी ऐनमा महत्वपूर्ण संशोधन गरिएको थियो। यस कार्यले नेपालको नागरिकता प्रणालीलाई थप समावेशी र सुलभ बनाउन मद्धत पुग्यो । यसले नेपालको नागरिकता सम्बन्धी ऐनलाई अझ प्रभावकारी र समावेशी बनाउनका महत्वपुर्ण भुमिका खेलेको FWLD का कार्यक्रम व्यवस्थापक अधिवक्ता विनु लामाले बताउनुभयो। संस्थाले पुर्वी नेपालका ७ जिल्लाका २१ स्थानमा कचहरी नाटक प्रस्तुत गरेको उहाँको भनाई छ ।
यस ऐनमा विशेषगरि आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिने (महिलालाई आफ्ना बच्चालाई नागरिकता दिने अधिकार दिइएको) र महिला र लैंगिक समानता सुनिश्चित गर्ने विषयमा जोड दिइएको छ ।








