• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ८. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • ९. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • १०. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

कालिका नगर अस्पतालमा सेवा विस्तार

  •   शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाको कालिका नगरपालिकाले सञ्चालन गरेको कालिका नगर अस्पतालमा थप सेवा विस्तार भएकोे छ । बाग्मती प्रदेश सरकारको सहयोगमा जनस्वास्थ्य कार्यालय चितवनमार्फत अस्पतालमा प्रयोगशालाका लागि नयाँ उपकरण जडान गरिएसँगै सेवा विस्तार भएको हो । प्रयोगशालामा सेवा विस्तार र सेवाग्राहीलाई सहज रूपमा सेवा दिनका लागि टिकटमा टोकन प्रणाली पनि सुरु गरिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।

    उहाँले अस्पतालको थप सेवाले नगरवासीलाई स्वास्थ्य सेवामा सहज हुने बताउनुभयो । अस्पतालमा नयाँ प्रयोगशालाको उपकरण आएसँगै थाइराइडलगायत प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने र रिपोर्टका लागि समय कुर्नुपर्ने बाध्यता हटेको प्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब सामान्य उपचारका लागि अन्यत्र जानु पर्दैन, पालिकामा पैसाको अभावमा कसैले उपचार पाइनँ भन्ने अवस्था छैन ।” नगरका विपन्न नागरिकको बीमा नगरपालिकाले गरेको बताउँदै उहाँले बीमामार्फत उपचार गर्दा ‘कोपेमेन्ट’को १० प्रतिशत शुल्क पनि नलाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीमा गरेका बिरामीले एक रुपैयाँ पनि तिर्नु पर्दैन ।”

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीका अनुसार नयाँ उपकरण जडान भएसँगै थाइराइड जाँच, भिटामिन डी, १२ (टुबेल)लगायत, क्यान्सर परीक्षण (सिए १२५) गर्न सकिनेछ । पालिकाको नगर अस्पतालमा अधिकांश बीमाका बिरामी आउने गर्दछन् । नगरपालिकाको स्वास्थ्य शाखामार्फत आठ सय ३१ विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारी बताउनुहुन्छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा जीवन खरेलले हप्ताको दुई दिन रेडियोलोजिष्ट चिकित्सकबाट भिडियो एक्स–रे सेवा र हप्ताको एक दिन स्त्री तथा प्रसूति र जनरल मेडिसिन विशेषज्ञबाट विशेषज्ञ सेवा अस्पतालले दिइरहेको बताउनुभयो ।

    अस्पतालमा आगामी दिनमा दन्त सेवा, हाडजोर्नी र वार्ड सेवा सञ्चालन गर्ने पनि योजना रहेको उहाँको भनाइ छ । बीमामा समावेश भएका अधिकांश औषधि नगर अस्पतालमै उपलब्ध गराउने प्रयास गरिएको मेसु डा खरेलले बताउनुभयो । खरेलका अनुसार अस्पतालमा दैनिक तीन सयदेखि चार सय जनाले बहिरङ्ग सेवा लिने गर्दछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.