• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ८. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • ९. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • १०. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

ज्ञानोदय माविमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ८३ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

  •   शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । कावासोती–८ मा रहेको ज्ञानोदय माविको ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको असवरमा आयोजित स्वास्थ्य शिविरमा ४ सय ८३ जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । चितवनमा रहेको भरतपुर सामुदायिक हस्पिटल र टाईम फर्मासिटिकलसको सहकार्यमा विद्यालयको प्राङ्गणमा गरिएको शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, परामर्श र आवश्यक औषधि वितरण गरिएको थियो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले नवलपुरको कावासोतीमा ज्ञानोदय माविसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको अस्पतालका कार्यकारी अधिकृत रघुनाथ सापकोटाले जानकारी दिनुभयो।

    शिविरमा भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा. डा. सुनिलमणि पोखरेल, पेट–छाती–मधुमेह–थाइराइड रोग विशेषज्ञ डा. महेन्द्र अग्रहरी, बालरोग विशेषज्ञ डा. खेमराज पौडेल, वरिष्ठ दाँत, मुख तथा अनुहार सर्जन डा. कृष्ण रेग्मी, हाडजोर्नी रोग विशेषज्ञ डा. केशबमणि गौतम लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा दिनुभएको थियो। वरिष्ठ दाँत, मुख तथा अनुहार सल्यचिकित्सक डा। कृष्ण रेग्मीका अनुसार, ९६ जना बिरामीको मुख तथा दाँतसम्बन्धी परीक्षण गरिएका थिए। तीमध्ये सतप्रतिशत बिरामीमा गिजाको समस्या, ९० प्रतिशतमा किराले खाने समस्या, २० प्रतिशतमा मुख गनाउने समस्या, र १५ प्रतिशत बिरामीमा दाँत खिइने समस्या देखिएको जानकारी दिनुभयो ।

    साथै, परीक्षणका क्रममा एक जना बिरामीमा मुखको क्यान्सर भएको हुन सक्ने अनुमान गरिएको छ। बिरामीलाई थप उपचारका लागि तुरुन्तै रेफर गरिएको छ। त्यसैगरी, दुई जना बिरामीको अनुहारको अनुपात नमिलेकोले सर्जरी आवश्यक देखिएको र एक जनाको नाक बाङ्गो भएकोले सर्जरीमार्फत सुधार गर्नुपर्ने सुझाव डा. रेग्मीले दिनुभएको छ। शिविरमा नर्सिङ स्टाफहरू रजिना थापा, सस्मिता बोगटी, बबिता मण्डल, र रिना गुरुङलगायतको टोलीले बिरामीहरूको पञ्जीकरणदेखि स्वास्थ्य परीक्षण र औषधि वितरणको कार्यमा सहयोग पुर्‍याएका थिए। विविध चिकित्सा विशेषज्ञहरूबाट सेवा प्राप्त गर्न पाउँदा बिरामीहरू र स्थानीयहरू उत्साहित देखिएका थिए। अस्पतालले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यस प्रकारका शिविर नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

    दुर्गम र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित स्थानमा विशेषज्ञ सेवा पुर्‍याउन पाउँदा आफूहरूलाई खुशी लागेको र आगामी दिनमा समेत निरन्तरता दिने अधिकृत सापकोटाले बताउनुभयो। शिविरमा सहभागी भएका चिकित्सकहरूले ग्रामीण भेगका बिरामीको स्वास्थ्य समस्या बुझ्न सक्ने अवसर पाएको र आवश्यकताअनुसार सल्लाह तथा उपचारका योजना बनाउन सकेको जनाएका छन्। ज्ञानोदय माविका प्रधानाध्यापक चेत प्रसाद अधिकारीले शिविरमा स्वयमसेवक रूपमा निशुल्क उपचार सेवा गर्नुभएका विशेषज्ञ चिकित्सकहरु, अस्पताल प्रशासन, स्वास्थ्यकर्मीहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।

    प्रअ अधिकारीले नेपालमै अत्यधिक व्यस्त, वरिष्ठ चिकित्सकहरु यसरी गाउंमा आएर औषधी सहित निशुल्क सेवा प्रदान गरिएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य र सहयोगको अपेक्षा राख्नुभएको थियो ।

    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.