• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘कामरेड जलजला’ उपन्यास माथि चितवनमा समिक्षा

  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उपन्यास ‘कामरेड जलजला’ माथि बिहीबार भरतपुरमा संवाद र समीक्षा गरिएको छ । अखिल नेपाल बुद्धिजीवी संघ, चितवनले आयोजना गरेको कार्यक्रममा ‘कामरेड जलजला’ माथि संवाद र समीक्षा भएको हो । कार्यक्रमका सहजकर्ता पत्रकार रमेशकुमार पौडेलले करिब पाँच लाख शब्द रहेको कामरेड जलजला उपन्यास लेखक सिंहले २३ वर्ष लगाएर लेखेको महत्वपूर्ण कृति भएको बताए । उनले पुस्तकभित्र जानकारीको भण्डार रहेको भन्दै यसमा कणदेखि ब्रह्माण्डसम्मका कुरा समेटिएको बताए ।

    उपन्यासमा स्वेरकल्पना पनि मिसिएको र मंगल ग्रहमा गरिबहरुको बस्ती बसाउने कुरा गरिएको प्रसंग रहेको पौडेलले जानकारी गराए । अधिवक्ता सरिता तिवारीले कामरेड जलजला किताबभित्र तीन वटा किताबका सामग्री रहेको बताइन् । ‘उपन्यासको अन्त्यमा कामरेड अजित र कामरेड सुनन्दाको विवाह किन गराइयो ?’ लेखक सिंहलाई उनले सोधिन्, ‘के विवाह नगरीकन प्रेम गरिरहन सकिँदैन ?’ ‘प्रेम, विवाह र नैतिकताबारे संसारमा धेरै मत छन्, विवाद पनि छन्’ तिवारीको प्रश्नलाई सम्बोधन गर्दै लेखक सिंहले भने, ‘विवाहबिनाको प्रेममाथि नैतिक प्रश्न उठाइएका धेरै घटना हाम्रै समाजमा भएका छन् ।

    विवाह नगरी प्रेम मात्रै गर्ने कुरा कम्युनिष्टहरुमा स्वीकार्य छैन ।’ समीक्षक उदय अधिकारीले यो पुस्तक लेखकको जीवनीपरक आत्मकथा भएको बताए । उनले भने, ‘जीवनमा आफूसँग जोडिन आएका पात्रहरुलाई कामरेड जलजला उपन्यासमा समेटिएको छ । त्यसैले यो उपन्यास जीवनीपरक आत्मकथा पनि हो ।’ कार्यक्रममा पुस्तकबारे ईश्वरी भट्टराई, रमाकान्त सापकोटा, अशोक शर्मालगायतले पाठकीय दृष्टिकोण प्रस्तुत गरेका थिए ।

    कामरेड जलजला उपन्यासलाई लेखक सिंहले प्रेमको कथा र विश्वको दर्शन भनेका छन् । उपन्यास दुई खण्ड, आठ भाग, ७२ परिच्छेद र २७२ अंकमा विभाजित छ । १ हजार ३२० पृष्ठको उपन्यासको मूल्य ३ हजार रुपैयाँ राखिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.