• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी

  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फूलेका छन् । हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा वडाध्यक्ष लालबहादुर ऐर भेटिनुहुन्छ ।

    कार्यालयबाहेकको समय वडाध्यक्ष ऐरले फूलबारीको रेखदेखमा व्यस्त बन्नुहुन्छ । एक वर्षदेखि उहाँले फूल गोडमेल गर्ने, सिँचाइ गर्ने, बारी बनाउनेलगायत काम आफैँले गर्दै आउनुभएको हो । उहाँले कार्यालयमा कर्मचारी आउनु पहिले नै फूलमा पानी हाल्ने, सडक क्षेत्र सरसफाइ गर्नेलगायत काम आफैँले गर्दै आउनुभएको छ ।

    आफूले पाउने केही पारिश्रमिक छुट्याएर कार्यालयलाई आकर्षक बनाउन लागेको वडाध्यक्ष ऐरले बताउनुभयो । कार्यालयमा आउने सेवाग्राहीले पालो पर्खंदा फूलसँग रमाउने बताउँदै यसले सेवाग्राहीलाई आनन्दित बनाएको उहाँको बुझाइ छ ।

    “फूलबारी निर्माणले कार्यालयको सौन्दर्यता बढाउनुका साथै सेवाग्राहीले पालो कुरिरहँदा पनि फोटो खिच्ने, टिकटिक बनाउनेलगायत गतिविधिमा संलग्न भएर आनन्द अनुभूति गरिरहनुभएका पाएका छौँ”, वडाध्यक्ष ऐरले भन्नुभयो, “यसले वातावरण स्वच्छ राख्न मद्दत पनि गरिरहेको छ ।” फूलबारी बनाउने कामले समाजमा सकारात्मक सन्देश जानुका साथै अरुले पनि यसको अनुसरण गरेर घरघर सजावट गर्न प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    कार्यालयको काम नहुँदा पसल, चोक, चौराहमा अनावश्यक गाफमा भुल्नुभन्दा परिसरमा रहेको बाँझो जमिनको उपयोग गरी फूलका बिरुवा रोपेर हराभरा बनाउनेतर्फ जुटेको वडाध्यक्ष ऐरले बताउनुभयो । बारीमा स्थानीय प्रजातिका साथै बाहिरबाट मगाएर एक सय बढी प्रजातिका बिरुवा रोपेको उहाँले जानकारी दिनुभयो ।

    गाउँमा अन्यत्र नपाइने प्रजातिका फूल वडा कार्यालयको बारीमा फूलेका स्थानीय सुरेश भट्टले बताउनुभयो । “कार्यालयको मुहार फूलबारीले सुन्दर र आकर्षित बनाएको छ”, उहाँले भन्नुभयो, “पहिले कार्यालय परिसरमा आउँदा धुलो मात्रै देखिन्थ्यो, अहिले भुइँमा सिमेन्टका टायल विछ्याएका छन्, वरिपरी पूरै फूलबारीले हराधरा दसखन्छ, तनाव लिएर कार्यालय जाँदा फूलबारीको सुन्दरताले आनन्दित बनाउँछ ।”

    वडामा रहेका बेला वडाध्यक्ष आफैँले फूलबारीमा बिरुवा रोप्ने, गोडमेल तथा झारपात उखेलर सफा गर्ने, सिँचाइ गर्नेलगायत काम गर्ने कर्मचारी केशवराज जोशीले जानकारी दिनुभयो । “वडाध्यक्ष जिल्ला बाहिर गएका बेला कर्मचारीले फूलबारीको रेखदेख र स्याहार गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

    आगामी दिनमा कार्यालय परिसरमा बाँकी रहेको जमिनमा हरियालीका लागि चाइनिज दुवो रोप्ने र पोखरी बनाउने योजना रहेको वडाध्यक्ष ऐरले बताउनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.