• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

  •   बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन् । पोल्ट्री व्यवसायी मञ्चले कोभिडका समयमा नेपाली बजारमा अण्डाका माग ह्वात्तै घटी नगन्यमात्रामा कारोबार भएपछि विस्थापित हुनपुगेका पोल्ट्री व्यवसायीलाई एकपटकका लागि राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकषर्ण गरेको छ ।

    कोभिड महामारीका कारण लगानी डुबेका बाहेक अधिकांश कृषकले आफ्नो व्यवसायलाई समयसापेक्ष रुपमा आधुनिक र प्रविधियुक्त बनाइ मुलुकको अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाइरहेको अवस्था छ । मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार अहिले नेपालको पोल्ट्री व्यवसायमा करिब एक खर्ब ६० अर्ब लगानी भएको र त्यसको करिब आधा अर्थात् रु ८० अर्ब अण्डा उत्पादनका क्षेत्रमा लगानी रहेको छ । नेपालमा अहिले दैनिक उत्पादित ३२ लाख अण्डाले बजारको माग धानेको मञ्चले स्पष्ट गरेको छ । नेपालमा कुखुरा पालन क्षेत्रमा उन्नत प्रविधि नभित्रिएको भए यतिवेला यो क्षेत्र आत्मनिर्भर बन्न नसक्ने व्यवसायीहरू बताउँछन् । पछिल्ला दिनहरुमा कृषकहरु व्यावसायिक बन्दै ठूलो लगानी गरेकै कारण नेपालमा कुखुरा पालन क्षेत्र आत्मनिर्भर बन्न सकेको हो ।

    देशकै ठूलो मध्यको दाउन्ने एग्रो फार्मका कार्यकारी निर्देशक विनोद पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालक कृषकहरुले ठूलो लगानी गरेकै कारण नेपाली बजारको माग धान्न सकिएको हो । अहिले नेपालमा २० भन्दा बढी ठूला व्यावसायिक फार्महरुले बातावरण अनुकुलित खोरमा कुखुरा व्यवसाय गर्दै आएका छन् । ती खोरमा आबश्यकता अनुसार तापक्रम मिलाएर कुखुरा राख्ने गरिन्छ । कुखुराले पारेका अण्डा स्वचालित उपकरणबाट एकै ठाउँमा जम्मा गर्ने गरिन्छ । कम जनशक्तिमा उच्चतम प्रविधिको प्रयोग गरेर काम गर्ने गरिएको कार्यकारी निर्देशक पोखरेलले जानकारी दिनुभयो ।

    अहिले नेपालमा ५० हजार कुखुरा पाल्न बातावरण अनुकुलित खोर निर्माणका लागि करिब रु छ करोड खर्च लाग्छ । ती खोरमा कुखुरा राखेर अण्डा उत्पादन हुने बेलासम्म रु १० करोड हाराहारी लागत पुग्दछ । कार्यकारी पोखरेलले भन्नुभयो,“पछिल्लो समय लागतअनुसारको मूल्य प्राप्त हुनेगरेकाले अण्डा उत्पादनतर्फ आकषर्ण बढ्दो छ । यसबाट रोजगारी सिर्जना हुनुका साथ विदेशबाट अण्डा आयात गर्नुपर्ने अवस्था अन्त्य भएको छ । पोल्ट्री व्यवसायबाट विस्थापित किसानलाई राहत सहयोगसहित पुनः यसै लव्यवसायमा भित्¥याउने वातावरण तयार गर्न सरकारसँग अनुरोध गर्दछु ।” नवलपरासी ९बर्दघाट–सुस्ता पूर्ब०को सर्दीमा चार लाख कुखुरा पाल्दै आउनुभएका पोखरेल थप दुई लाख कुखुराका लागि खोर बनाउँदै हुनुहुन्छ ।

    उहाँको भनाइमा उच्च जोखिमका बावजुद् नेपाली कृषक एबं व्यवसायीहरुले करोडौँ लगानी गरेकै कारण यतिबेला यहाँको अण्डाको बजार धान्न सकिएको हो । स्याङ्जाको भिरकोटमा दुई लाख कुखुरा पालेको खिलुङकालिका एग्रोफार्मले जनकपुरमा ‘जनकपुर एग्रोफामर्’ स्थापना गरेर थप चार लाख कुखुरा पालिरहेको छ । नवलपरासीमा नै ‘दुम्किबास पोल्ट्रि फार्म’ले चार लाख हाराहारी कुखुरा पाल्दैआएको छ । खिलुङकालीका एग्रोका प्रबन्ध निर्देशक भेषराज अर्याल अण्डा उत्पादन गर्न ठूलो लगानी गरिएको बताउनुहुन्छ । लागत मूल्य भन्दा कममा अण्डा बिक्री गर्नुपर्ने अबस्था आएमा यो लगानी जोखिममा पर्ने उहाँको भनाइ छ ।

    नेपाल अण्डा उत्पादक सङ्घका पूर्ब अध्यक्ष त्रिलोचन कँडेल ७५ प्रतिशत अण्डा उच्च प्रविधिका बातावरण अनुकुलित खोरबाट उत्पादन हुने गरेको बताउनुहुन्छ । उहाँको भनाइमा कोभिड सङ्क्रमणपछि खस्किएको बजारले ७५ प्रतिशत अण्डा उत्पादक कृषक बिस्थापित भएको छन् । उहाँले भन्नुभयो, “ठूला लगानी गर्ने व्यवसायी यस क्षेत्रमा नआएका भए अहिले अण्डाको बजार आत्मनिर्भर हुन सक्दैनथ्यो ।” हाल नेपालदमा ३० हजार भन्दामाथि कुखुरा पाल्ने किसानको सङ्ख्या २५० हाराहारी रहेको अध्यक्ष कँडेल बताउँनुहुन्छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष भट्ट कोभिड सङ्क्रमणपछि एकाएक घटेको अण्डाको मूल्यले धेरै व्यावसायीलाई यस क्षेत्रबाट बिस्थापित गराएको बताउनुहुन्छ । अहिले यस व्यवसायमा रहेकाहरू बैङ्कको ऋण थप गरेर टिक्न सकेको उहाँको भनाइ छ ।

    नेपाली बजारमा अण्डा तथा मासुको मूल्य घटिरहेको अवस्थामा बैङ्कको ब्याजदरसहित दाना र औषधिको मूल्य बढ्नाले किसान बिस्थापित हुनुपरेको उहाँले स्पष्ट गर्नुभयो । पोल्ट्री व्यवसायी मञ्चका पूर्ब अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीलगायतका कारण मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउनुहुन्छ । पछिल्लो समय आधुनिक प्रविधिका ठूला व्यावसायिक फार्म बढेका कारण धेरै किसान विस्थापित भएर पनि माग धान्न सकेको हो । किसान पलायन हुन थालेपछि दुई वर्षअघि सम्बन्धित क्षेत्रका किसानले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेका थिए ।

    सो संस्थाले देशव्यापी रुपमा बजारीकरण गरेसँगै पुराना किसानले थप कुखुरा पाल्न थालेको र नयाँ किसान समेत आउन थालेको लामिछाने बताउनुहुन्छ । सङ्घका अध्यक्ष एवं किसान एग्रोका कार्यकारी निर्देशक पोखरेल आफ्नो नेतृत्वमा अण्डा उत्पादन गर्ने कृषक तथा व्यवसायीहरु सङ्गठित रुपमा बजारीकरणमा जुटेकै कारण लागत मूल्य पाउन सकेको बताउनुहुन्छ । उहाँले भन्नुभया,े “हामीहरु सङ्गठित रुपमा नलागेको भए यतिबेला नेपालमा बिदेशी अण्डा ल्याएर खानुपर्ने अवस्था आउँथ्यो ।” पोखरेलले कुखुरा पालिरहेकाहरु अधिकाङ्शको ठूलो मात्रामा बैङ्क ऋण रहेको बताउनुभयो ।

    उहाँको भनाइमा धितो राखेर ऋण लिएकाहरुले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन । व्यवसाय सञ्चालनका क्रममा बैङ्कबाट लिएको ऋणको व्याजसमेत तिर्न नसक्दा कुखुरा पालक किसान यस क्षेत्रबाट विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको उहाँ बताउनुहुन्छ । कोभिड सङ्क्रमणको समयमा किसानले अण्डाको मूल्य प्रतिगोटा रु आठभन्दा तल पाएका थिए । त्यतिबेलाको नोक्सान धान्न मुस्किल भएको उहाँको भनाइ छ । अहिले नेपालमा दैनिक ३२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ । अण्डाको लागत मूल्य रु १६ दशमलब ५६ पर्ने गरेको बिज्ञहरु बताउँछन् । सङ्घको दुई वर्षको लगातारको वजारीकरणपछि भने लागत मूल्य पाउन किसान सफल भएको कार्यकारी पोखरेल बताउनुहुन्छ । रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.