काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३४९ ना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । क्वारेन्टिनमा ९७४ जना रहेका छन् ।








