• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कोभिड-१९ संक्रमित महिलाका आफन्तहरुको ट्रेसिङ सुरु, परिवारका तीन सदस्यको स्वाबको नमुना संकलन

  •   शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बाग्लुङ । यहाँकी एक महिलामा कोभिड-१९ को संक्रमण देखिएपछि उनका आफन्तहरुलाई ट्रेसिङ थालिएको छ। 

    जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्माका अनुसार उनको घर छिमेकमा पुगेर उनका आफन्तहरुको अवस्था बुझिरहेका छन्। 

    बेज्लियमबाट कतार हुँदै नेपाल आउनुभएकी बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँसँग भेटघाट गरेका भीमापोखराको दपासा गाउँमा रहेका आफन्तलाई भेटर वडाध्यक्ष शर्माले सतर्क रहन र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् ।

     

    “दपासाका आफन्तहरु सङ्क्रमित महिलाको घरमा एक दिन बास बसेर आउनुभएको रहेछ, अनि हामीले उहाँहरुलाई होम क्वारेन्टाइनमा राखेका छौँ”, उनले भने । गाउँमा रहेका कोही पनि वृद्धवृद्धा र बालबालिका समस्यामा नरहेको भए पनि सजगता अपनाउन क्वारेन्टाइनमा राखिएको शर्माले बताए । 

    जिल्लामा दोस्रो व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि सतर्कता बढेको छ । ती महिलाको सङ्क्रमित महिलाको सम्पर्कमा आएकाको पनि खोजी शुरु भइसकेको छ । उनी विदेशबाट आएको जहाज, नेपाल आइसकेपछि काठमाडौं, पोखरा हुँदै बागलुङ आउँदासँगै आएका सबैको फोन ट्रेसिङ यसअघि नै भइसकेको छ ।

     

    “उहाँहरु घरमा आएपछि को–कोसँग सम्पर्कमा रहनुभयो भन्ने कुराको खोजी भइरहेको छ”, जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, “लकडाउन भएकाले धेरै बाहिर ननिस्केको भेटियो, परिवार र आफन्तको हाम्रा साथीले ट्रेसिङ थाल्नुभएको छ ।” 

    प्रारम्भिक जानकारी अनुसार गत चैत ५ गते यता सङ्क्रमित महिला २१ जनासँग सम्पर्कमा आएको भेटिएको छ । उनीहरु सबैलाई उच्च सतर्कताका साथ होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको गुरौले बताए । “तीन जना आफन्त उहाँको घरमा आउनुभएको जानकारी छ” गुरौले भने, “बास बसेर फर्केपछि कहाँ–कहाँ, को–कोसँग पुग्नुभयो भन्ने कुराको खोजी भइरहेको छ ।”

     स्वास्थ्यकर्मीहरुले उनको सम्पर्कमा आएका केहीको स्वावको नमुना संकलन गरेका छन्। 

    धवलागिरि अञ्चल अस्पतालले बागलुङ नगरपालिका–३ गौँडाकोटकी कोरोना सङ्क्रमित ६५ वर्षीया महिलाका परिवारको थ्रेट स्वाब सङ्कलन गरेको छ । शुक्रबार अस्पतालको प्राविधिक टोली घरमै पुगेर उहाँको परिवारका चार जनाको थ्रेट स्वाबको नमूना सङ्कलन गरेको हो । 

    स्वाब शनिबार बिहानै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको अस्पतालका डा प्रदीप श्रेष्ठले जानकारी दिए । एउटै घरमा बस्ने उहाँका ससुरा, बुहारी र दुई नातिको स्वाब सङ्कलन भएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.