काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १११ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६८ हजार १२९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।








