काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको राजधानी ढाकामा शुक्रबार भएको मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २(० गोल अन्तरले पराजित भएको हो । बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एकरएक गोल गरे । पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २(० को जित दिलाए । खेलमा नेपालले धेरै समय बल नियन्त्रणमा राखेपनि गोल गर्न सकेन । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।








