चितवन । भरतपुर अस्पतालले चिकित्सकसँगको परामर्शको लागि नयाँ अपोइन्टमेन्ट प्रणाली लागू गरेको छ। अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले एक सुचना जारी गर्दै अब बिरामीहरूले आफूले चाहेको चिकित्सकसँग परिक्षण गराउनका लागि अग्रिम बुकिङ गर्न सक्ने बताउनुभएको छ।
बिरामीहरूले आफ्नो नाम, ठेगाना र उमेर सहित एसएमएस अथवा वाट्सएप मार्फत ९८५५०१९१६० नम्बरमा म्यासेज पठाउन सक्नेछन्, वा कार्यालय समयमा सोही नम्बरमा फोन गरेर पनि बुकिङ गर्न सकिने सुचनामा उल्लेख छ ।
बिरामीको अनुरोध प्राप्त भएपछि, दिन र समय निर्धारण गरी सम्बन्धित बिरामीलाई जानकारी दिइनेछ। यस व्यवस्थाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा सहयोग पुर्याउने मेसु डा पौडेलको अपेक्षा छ ।










