काठमाडौं – नेपालमा थप तीन जनामा कोरोना भाइरस कोभिड–१९ फेला परेको पुष्टि भएको छ । कैलालीमा एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै पहिलोपटक नेपालभित्रै कोरोना सरेको पुष्टि भएको छ । कैलालीको ३४ वर्षीय ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषका आफन्त हुन् । संक्रमितहरु कैलाली र कञ्चनपुरका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या नौ जना पुगेको छ ।








