हाम्राे पैसामा खाए टेबलमा सजाईकन
अझै मागि थपि खाए लाजै पचाईकन ।
लाज मान्दैनन् कत्ति अझै मै हुँ भन्छन्
रजाई गर्छन् सानालाई भाँडा मजाईकन ।
नाटक पनि जानेका छन् मिठाे खानलाई
हाल्दैनन् सुकाे अाँफै खान्छन् नलजाईकन ।
ठूलाे कुरा गर्छन् हामी छाैं भन्दै उनिहरू
सित्तिमा खान्छन् उनै टेबल बजाईकन ।
बटुल्छन् मान्छेहरू वरिपरि अाश्वासन बाँड्दै
खान्छन् फुट्ने गरी नेताकाे नाम भजाईकन ।
गजल
भरतपुर -११, चितवन








