• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

समयमै मर्मत नगर्दा वायु सेवा निगमका ६ मध्ये ५ जहाज ग्राउन्डेड

  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । समयमै मर्मत नगर्दा नेपाल वायु सेवा निगमका छ वटा जहाजमध्ये पाँच वटा जहाज भूमिस्थ (ग्राउन्डेड) भएका छन्। निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई वटा वाइडबडी तथा दुई वटा न्यारोबडी जहाज छन्। व्यवस्थापकीय कमजोरीका कारण समयमै जहाजको मर्मतसम्भार हुन नसक्दा आन्तरिकतर्फको एक ट्विअटर जहाज गत जेठदेखि ग्राउन्डेड छ।​

    अर्को जहाजसमेत इन्जिनको उडान समय सकिएर दुई महिनादेखि ग्राउन्डेड भएपछि आन्तरिकतर्फका २० वटा गन्तव्यको उडान ठप्प बनेको छ। जहाज अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको निगमले अन्तर्राष्ट्रियतर्फ उडानमा रहेका तीन जहाजसमेत समयमै मर्मतसम्भार गर्न नसक्दा एकै समयमा तीन वटा जहाज ग्राउन्डेड भएका हुन्। उडान अस्तव्यस्त बन्दा टिकट खरिद गरेका यात्रुले सास्ती भोग्दै आएका छन्। निगमका प्रवक्ता रमेश पौडेलले भने आन्तरिक उडानमा रहेका दुई वटै चिनियाँ जहाज पुराना भएका र उक्त जहाजका पार्टपुर्जा सहज र समयमै उपलब्ध नहुँदा ग्राउन्डेड हुन पुगेको बताए।

    अन्तर्राष्ट्रितर्फका जहाजमध्ये एउटा जहाज विस्तृत परीक्षण (फाइभसी चेक) का क्रममा चीनमा रहेको र अर्को एक जहाज मर्मतपश्चात् तत्काल उडानमा आउने पौडेलको भनाइ छ। आन्तरिकतर्फका जहाजको पार्टपुर्जा भोलिसम्म नेपाल आइपुग्ने र आगामी मङ्गलबारदेखि नियमित उडानमा आउने उनको दाबी छ। पौडेलले भने, ‘अहिले नाइन एनएलजेड कलसाइन वाइडबडीले अन्तर्राष्ट्रियतर्फ नियमित उडान गरिरहेको छ भने अर्को नाइन एनएएलवाई कलसाइन जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट आइसकेकाले मर्मतपश्चात् दिल्ली उडान गर्ने छ।’

    विस्तृत परीक्षणका लागि चीनमा रहेको नाइनएन–एकेडब्लु न्यारोबडी जहाजको सम्पूर्ण मर्मतसम्भारको काम सकिएको र भन्सार क्लियरेन्स प्रव्रिmयामा रहेकाले उक्त जहाज शनिबारसम्म नेपाल आइपुग्ने उनले बताए। नोज ल्यान्डिङ गियरमा समस्या आएको अर्को न्यारोबडी नाइन एनएकेएक्स जहाज मर्मतका लागि दिल्ली लैजान लागेको उनको भनाइ छ। हाल निगमले अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ २० वटा गन्तव्यमा उडान गर्दै आएको छ। आन्तरिकतर्फका दुई वटै ट्विअटर जहाज ग्राउन्डेड हुँदा ताप्लेजुङ, भोजपुर, फाप्लु, खानीडाँडा, थामखर्क, सुर्खेत, हुम्ला, जुम्ला, डोल्पा, मुगु, बाजुरा, रुम्जाटर, गुल्मीलगायतका गन्तव्यमा महिनौँदेखि उडान ठप्प छ।

    त्यस्तै गरी अन्तर्राष्ट्रितर्फको उडान तालिका भद्रगोल हुँदा निगमले केही यात्रु होटेलमा राखेको छ भने केही यात्रुलाई अर्को जहाजमार्फत सम्बन्धित गन्तव्यमा पठाएर आर्थिक भार बेहोर्दै आएको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.