• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

माडीको पाण्डवनगरमा छैनन् शौचालय,वन्यजन्तुको जोखिम मोलेरै खुला शौच गर्न बाध्य

  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्जनजिकको शौचालय नभएको पाण्डवनगर गाउँ
    • अ
    • अ
    • अ

    चितवन । खुला दिसामुक्त जिल्ला घोषणा भएको १३ वर्ष पुग्दा पनि चितवन माडीका बासिन्दा वन्यजन्तुको जोखिम मोलेरै खुला शौच गर्न बाध्य छन् । चितवन राष्ट्रिय निकुञ्जनजिकै रहेको गरिब तथा विपन्न समुदायका नागरिकले शौचालय बनाउने खर्चसमेत जुटाउन नसक्दा वन्यजन्तुको त्रासमै खुला रूपमा जङ्गलमा शौच गर्दै आएका छन् । माडी नगरपालिका–१ की निर्मला बोटे आफ्नो घरमा चर्पी नभएपछि अहिले निकुञ्ज क्षेत्र र निकुञ्जसँगै रहेको रिउँखोलाको किनारमा दिसा गर्न जाने गरेको बताउनुहुन्छ । “घरमा चर्पी छैन, आफ्नो खर्चले बनाउन सक्ने क्षमता र अवस्था पनि छैन । चर्पी नभएपछि घरपछाडिको जङ्गल र योसँगै रहेको रिउँखोलाको किनारमा दिसा गर्न जान्छौँ,” उहाँले भन्नुभयो ।

    दिसापिसाब गर्दागर्दै वन्यजन्तु आउने हो कि भन्ने डर लागे पनि बाध्यताले जानै परेको उहाँले बताउनुभयो । “लाग्छ नि डर, किन नलाग्नु ? शौच गर्दागर्दै वन्यजन्तुले ज्यान लिन्छ कि भन्ने डर लाग्छ । तर पनि हामी आफ्नो घरमा चर्पी बनाउन सक्दैनौँ । जङ्गल र खोलातिर नगएर के गर्नु ?” उहाँले आफ्नो बाध्यता सुनाउनुभयो । पाण्डवनगर माडी नगरपालिकाको वडा नम्बर १ मा पर्छ । यही वडामा रहेको बनकट्टाका बासिन्दा दैनिक शौच गर्न जङ्गल जाने गर्छन् । बोटेगाउँ एकाइ समितिका अध्यक्ष सन्तोषप्रसाद बोटेले पाण्डवनगर र बनकट्टामा गरी १५२ घरधुरी रहेको बताउनुभयो । यहाँ आधा घरमा पनि चर्पी छैन । यी दुवै बस्ती बोटेको बाहुल्य रहेको क्षेत्र हो । यहाँका बासिन्दाले दिनभर खोलामा माछा मारेर घरखर्च टार्दै आएका छन् ।

    आफूहरूसँग शौचालय बनाउने पैसा नभएको उनीहरूको भनाइ छ । “पाण्डवनगर र बनकट्टामा मात्रै हात्ती, बाघ, गैँडा र भालुको आक्रमणबाट विगत सात वर्षको अवधिमा १५ जनाको ज्यान गइसकेको छ । घाइतेको सङ्ख्या पनि योभन्दा बढी छ,” अध्यक्ष बोटेले भन्नुभयो । यहाँका मानिसलाई वन्यजन्तुले आक्रमण गर्ने भनेकै दिसापिसाब गर्न जङ्गल र खोला किनार जाँदा हो, उहाँले भन्नुभयो । घाँसदाउरा गर्न जाँदा र घरपालुवा जनावर चराउन जङ्गल जाँदा पनि यहाँका बासिन्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । दुई वर्षअघि भालुको आक्रमणबाट घाइते बिर्खबहादुर बोटे जनावरको जति नै त्रास भए पनि आफूहरू शौच गर्न जङ्गल र खोला किनार नै जानुपर्ने बाध्यतामा रहेको बताउनुहुन्छ ।

    “डरैडर र त्रासमै दिसापिसाब गरेर जङ्गलबाट फर्कने हो,” उहाँले भन्नुभयो । यहाँका बासिन्दाले आर्थिक अभावकै कारण शौचालय बनाउन नसकेको उहाँको भनाइ छ । “दैनिक ज्यालादारी गरेर खान मुस्किल छ । कुन पैसाले चर्पी बनाउने ? राति दिसापिसाब लागे केटाकेटी बाहिर निस्कन सक्दैनन् । बाहिर निस्किए पनि कतिखेर जनावरले आक्रमण गर्ने हो भन्ने डर मात्र हुन्छ,” उहाँले भन्नुभयो । चितवनलाई २०६८ असोज ६ गते खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । यो बेला माडीमा गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गरी चार वटा गाउँ विकास समिति थिए । अहिले यी गाविस जोडिएर माडी नगरपालिका बनेको छ । यहीबिच २०७६ असोज १३ गते सरकारले खुला दिसामुक्त देश घोषणा गरेको छ ।

    माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो माडीका नयाँ बस्तीमा शौचालय नभएको स्विकार्नुहुन्छ । नयाँ बस्ती दलित, बोटे र चेपाङबहुल बस्ती हुन् । यो भनेको दुई बोटे बस्तीका साथै कुसुमखोलाबाट बसाइँ सरेर आएका प्याउली, परुई, शीतलपुर, आँपेटोल स्वामीटोललगायतका बस्ती हुन् । त्यहाँ अहिले पनि अधिकांशका घरमा चर्पी छैन । “नगरपालिकाले पनि शौचालय बनाउन सहयोग गरिरहेकै छ तर पनि पर्याप्त भएको छैन,” महतोले भन्नुभयो, “माडीका गरिब र विपन्न समुदायमा देखिएको समस्या कतिपय अवस्थामा जनचेतनाकै अभावमा पनि आइरहेको छ ।”

    पछिल्लो राष्ट्रिय जनगणना–२०७८ का अनुसार माडीमा ५.९ प्रतिशत घरमा शौचालय छैन । यो भनेको ६०१ घर परिवार हो । यो गणनाले चितवनमा दुई हजार ६३६ घरधुरीमा शौचालय नभएको उल्लेख गरेको छ । यो सङ्ख्यामा देशैभर ४.५ प्रतिशत घरधुरीमा शौचालय नभएको तथ्याङ्क राष्ट्रिय जनगणनामा उल्लेख छ । गोरखापत्रबाट

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.