• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला हुँदै

  •   बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवनमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ हुने भएको छ । चितवन उद्योग संघको आयोजनामा यही चैत १४ गतेदेखि १८ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुन लागेको हो । सो प्रदर्शनीमा प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी, प्रतियोगिता तथा प्रदर्शनी, स्वदेशी जुत्ता चप्पल प्रबर्द्धन तथा व्यापार मेला लगायतका थुप्रै प्रदर्शनी हुने भएको हो ।

    प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि (प्रोसेसिङ, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, चिया) निर्माण उद्योगका मेशिनरी तथा प्रविधि र निर्माण सामग्रीहरू, पेन्ट इन्डष्ट्रिज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, पोल्ट्री, कृषि, चित्रकला, हस्तकला र मह उद्योगका प्रविधि, मेशिनरी तथा उत्पादनहरु, लघु, घरेलु, साना र मझौला उद्योगका उत्पादनहरु, सोलार ऊर्जा र वैकल्पिक ऊर्जा कम्पनीहरू, फोहोर व्यवस्थापन र पुनः प्रयोग कम्पनीहरू, विद्युतीय सवारी साधन, स्टार्टअप र प्राविधिक कलेजका प्रोजेक्ट डेमो, शैक्षिक परामर्श, रोजगार व्यवस्थापन कम्पनी तथा वृत्ति परामर्शदाताहरु, औद्योगिक व्यवसायिक साझेदार (बैंक, विमा, व्यवसायिक परामर्शदाता, ट्रान्सपोर्ट, एजेन्सी सेवा प्रदायक) निर्यातजन्य उत्पादन, फुटवेयर, गार्मेन्ट लगायतका करीब २०० स्टलहरु रहनेछन् ।

    प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्रालय, बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सुदुर पश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवर्द्धन सहयोगमा प्रदर्शनीको आयोजना हुन लागेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान आयोजकले लिएको छ ।

    यसैगरी प्रदेश स्तरीय हुने चित्रकलामा प्रथम हनेलाई रु. ३० हजार नगद र प्रमाण पत्र, दोश्रो हुनेलाई रु. २० हजार नगद र प्रमाण पत्र, तेश्रो हुनेलाई रु. १० हजार नगद र प्रमाण पत्र र सान्त्वना हुनेलाई रु. ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रदर्शनी अन्तर्गत नै स्वदेशी उत्पादनको प्रबर्द्धन, आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्ने उद्देश्यका साथ नेपाली जुत्ता घर प्रा.लि. को आयोजनामा नयाँ वर्ष २०८२ लाई लक्षित गरी चितवन प्रदर्शनी केन्द्रमा चैत्र १४ गतेदेखि वैशाख ९ गतेसम्म स्वदेशी जुत्ता चप्पल प्रबर्द्धन तथा व्यापार मेला आयोजना हुनेछ ।

    मेलामा नेपालमा उत्पादित विभिन्न कम्पनीका एक हजार पाँच सय भन्दा बढी मोडलका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चाका लागि आकर्षक डिजाइनका उत्पादनहरु विक्री वितरण गरिनेछ स्वदेशी जुत्ता, चप्पलका बारेमा आम उपभोक्तालाई जानकारी गराउने, स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचार प्रसार गर्ने, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने, वास्तविक उत्पादक र ग्राहकको प्रत्यक्ष भेटघाटको माध्यमबाट स्वदेशी उत्पादनको गुणस्तर वृद्धिका लागि पृष्ठपोषण संकलन गर्ने, उद्यमी बीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धी गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तरमा सुधार ल्याउने वातावरण तयार गर्नु मेलाको मुख्य उद्देश्य रहेको छ ।

    मेलामा करीब १५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । मेलामा प्रत्यक्ष कम्पनीहरुले सहभागिता जनाउने हुँदा आकर्षक छुटका साथ प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई विभिन्न स्किमहरुको व्यवस्था गरिनेछ । उक्त मेलामा १ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.