• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मेड इन नेपाल एक्स्पो उद्घाटन गर्दै मेयर रेनुले भनिन्–नीजि क्षेत्रको साथमा महानगर छ

  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर महानगरकी मेयर रेनुले गरिन् मेड इन नेपाल एक्स्पोको उद्घाटन
    चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबलको उद्घाटन गरेकी छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले आयोजना गरेको एक्स्पोको उद्घाटन गर्दै मेयर दाहालले नीजि क्षेत्रका साथमा महानगर रहेको बताइन् ।

    एक्स्पोले उद्योगी व्यवसायीमा उत्साह थप्ने विश्वास गर्दै उनले स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धन र रोजगारी सिर्जना गर्न कोशेढुंगा सावित हुने बताइन् ।
    ‘भरतपुरमा पछिल्लो समय मेला, महोत्सव, प्रदर्शनीहरु भइरहेका छन् । नीजि क्षेत्रमा देखिएको निराशालाई ध्यानमा राखेर भ्रमण वर्ष आयोजना ग¥यो । आर्थिक गतिविधि चलायमान बनाउन केहि न केहि सहयोग ग¥यो’, उनले भनिन् । महानगरले पछिल्लो आठ वर्षमा करको दर नबढाएको, बरु दायरा मात्रै बढाइएको उनले बताइन् ।

    ‘स्थानीय सरकारले अब के गर्नुपर्ने छ ? त्यो दिनुहोला । हामी तपाईहरुको महत्वपूर्ण सल्लाह सुझावलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने छौँ’, उनले भनिन् । भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्योगी व्यवसायीलाई परेका समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए । नेपालमै केहि गर्छु भनेर उद्यम गरेको युवाहरुलाई तीनै तहको सरकारले संरक्षण गर्नुपर्ने भन्दै उनले राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन मेड इन नेपाल एक्स्पोले महत्वपूर्ण योगदान गर्ने बताए ।

    भरतपुर–१ का वडा अध्यक्ष केशव महर्जनले एक्स्पो देशलाई आत्मनिर्भर बनाउने एउटा पाइला भएको बताए । उद्योगी व्यवसायीलाई परेको समस्या महानगरले समाधान गर्दै जानुपर्ने भन्दै उनले आफ्नो वडामा दैनिक तीन देखि चार वटा व्यवसाय बन्द हुने गरेको बताए । स्वदेशी वस्तुको प्रयोग बढाउन वडा कार्यालयले सडकमा ढलान गर्ने कामलाई प्राथमिकतामा राखेको उनले बताए ।
    नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई नै बलियो र चलायमान बनाउन एक्स्पो महत्वपूर्ण हुने बताए । उनका अनुसार मञ्चको सात वटा प्रदेशमा १४ वटा च्याप्टर छन् ।

    मञ्चमा देशभरबाट करिब ९०० युवा उद्यमी आबद्ध रहेको उनले जानकारी दिए । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धनलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
    उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले तंग्रिन खोज्दै गरेका उद्योगलाई बैंकले न्याक्ने काम मात्रै गरेको बताए । चितवनमा एक वर्षको अवधिमा २०० भन्दा बढी उद्योग बन्द भएको बताउँदै उनले बन्द भएका उ्रद्योगको खोजी गर्न जरुरी रहेको बताए । उद्योगीहरु रोजगारदाता र करदाता समेत भएको बताउँदै उनले उद्योगीलाई सरकारले संरक्षण गर्नुपर्ने बताए ।

    उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदीले एक्स्पाले नेपाली उत्पादनको प्रयोग गरौँ भन्ने भावना जगाउने विश्वास व्यक्त गरे । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले नेपाली वस्तु तथा सेवाको प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्धेश्य रहेको बताए । साथै साँझपख संगितमय कार्यक्रममा दर्शकलाई नचाइने उनले जानकारी दिए ।
    आजदेखि सुरु भएको मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

    पाँच दिनसम्म चल्ने एक्स्पोमा दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली उत्पादनको प्रदर्शनी हुने छ । बेलुका ६ बजेदेखि राति ९ बजेसम्म फुड फेस्टिबलसँगै कन्सर्ट हुने छ । प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने कन्सर्ट हेर्नका लागि भने टिकटको व्यवस्था गरिएको छ ।

    कन्सर्टका लागि खल्ती एपमार्फत प्रतिटिकट ३०० रूपैयाँ र काउण्टरबाटै टिकट लिँदा प्रतिटिकट ५०० रूपैयाँ लाग्ने आयोजकले बताएको छ । एक्स्पो एण्ड फुड फेस्टिबलमा १०० भन्दा बढी स्टल छन् । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्वअध्यक्ष सूर्यभक्त अधिकारीले आजको कन्सर्टमा द एज ब्यान्डको प्रस्तुति रहने बताए । भोलि चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, वैशाख १ गते द स्वर र वैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुति रहने उनले बताए ।

    फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।
    एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.