हुम्ला ।गएरातएदेखि हुम्लामा हिमपात भएको छ । हुम्ला लगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातले चिसाे बढेपछि स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन । सिमकोटमा तापक्रम ८डिग्री माइनसमा झरेको छ । नाम्खा गाउँपालिकाको लिमीमा एक फिट भन्दाबढी हिउँ जमेको नाम्खा गाउँपालिका वडा६का वडाअध्यक्ष पाल्जोेर तामाङले जानकारी दिए । अब हिमपात सुरू भएपछि लिमिलेलाई सदरमुकाम सिमकाेट आवतजावत समस्याा हुने वडाध्यक्ष तामाङले बताए । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । हिमपातले चिसो बढे सँगै तिहाराको अन्तिम दिन भाईटिकमा टिका थाप्न जाँदाँ समस्या भएको छ । पश्चिमी भुभागमा सामान्य देखि पूर्ण बदली भएको हुदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लयातका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको छ ।








