• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

विप्लवको चेतावनी : कोरोना भाइरसको संकटका बेलामा भ्रष्टाचार गर्नेलाई कारवाही

  •   शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसको संकटका बेलामा भ्रष्टाचार गर्नेलाई कारवाही चेतावनी दिएको छ। महासचिव विप्लवले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोकेर जनतालाई आश्‍स्त बनाउन केपी वली सरकार असफल भएको पनि ठहर गरेका छन्।
    यसको प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको पनि उनले बताएका छन्। शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिएका छन्। उनले पार्टीले गर्ने ६ कार्यसूची पनि प्रस्तुत गरेका छन्। कोरोना सङ्क्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारबाट भएको भ्रष्टाचारको भण्डाफोर जारी राखिने उनले बताएका छन्।

    महासचिव विप्लवले आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन पनि पार्टीपंक्तिलाई सचेत गराएका छन्। ‘चीनको वुहान सहरबाट देखापरेको कोरोना भाइरस अहिले विश्वलाई नै प्रभावित पार्ने गरी फैलिरहेको छ । यसले हजारौँको ज्यान लिइसकेको छ, लाखौँमा सङ्क्रमित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अर्बौं मानिसलाई भयभीत बनाएको छ ।

    यो भाइरसको प्रभावलाई मानिसहरूले दोस्रो विश्‍वयुद्धपछिको संकट भन्‍न थालेका छन्। यसले विश्व-अर्थव्यवस्थामा गम्भीर प्रभाव पार्ने आँकलन गरिएको छ।’ कोरोना सङ्क्रमण फैलिँदा पनि सरकारीस्तरबाट पहल नलिइएको बताउँदै विप्लवले सरकारमा सामेल मान्छेहरू उल्टै भ्रष्टाचारमा रमाएको जिकिर गरेका छन्।

    ‘यो रोग देखिएपछि विश्वका तमाम देशसहित नेपालमा पनि रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो। तर पुँजीवादी व्यवस्था भएका देशको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृत्तिका कारण त्यहाँका जनताले ठूलो क्षति बेहोर्नु परेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन।

    जसले लाखौँ नेपाली नागरिकहरु विविध समस्यामा परेका छन्।’ चीनमा कोरोना प्रकोप बढेसँगै त्यसको फैलावट हुनसक्ने सम्भवनाबारे चर्चा गरे पनि रोकथामका उपाय ओली सरकारले नगरेको आरोप विप्लवको छ। ‘अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गर्नेलाई समयमै परीक्षण गरिए । यस्तो समस्या देखिएपछि विदेशमा रहेका नेपाली नागरिकलाई देशमा ल्याउने सरकारी पहलकदमी शून्य रह्यो’, उनले भनेका छन्, ‘ठूलो दबाबबाट मात्र चीनबाट केही विद्यार्थी नेपाल ल्याइयो।’ विप्लवले नेपाल-भारत नाका नेपालीहरू स्वदेश फर्कन दिएर भारतीयलगायत विदेशीका लागि सीमा बन्द गर्न नसकेको पनि उल्लेख गरेका छन्।

    ‘कतिपय सरकारी संयन्त्र नै सीमा बन्द नगर्ने पक्षमा रहेको देखा पर्‍यो । कोरोना प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि त्यसबारे आवश्यक सामग्रीबारे पहल गरिएन’, अगाडि भनिएको छ ‘भारतमा पनि कोरोना प्रकोप बढेपछि स्वाभाविक रूपमा खुला सिमाना रहेको भारतबाट नेपालीहरू नेपाल आउने प्रक्रिया बढ्यो ।तर यसप्रकारका नागरिकलाई सीमा क्षेत्रमा रोकी देश प्रवेशमा प्रतिबन्ध गरियो र अमानवीय व्यवहार सरकारले देखायो।’ कोरोना सङ्क्रमणसँगै आवश्यक उपकरण खरिदप्रक्रिया समयमा नगरी भ्रष्टाचार गर्न खोजिएको जिकिर विप्लवले गरेका छन्।

    ‘विदेशमा रहेका नागरिकलाई हवाईजहाजबाट स्वदेश ल्याउँदा टिकटबाट आउने रकममा समेत कमिसनखोरी गरियो’, उनले भनेका छन्, ‘कोरोनाको आशङ्कामा निजी क्षेत्रबाट चलेका अस्पतालहरूले बिरामीको उपचार गर्न अस्वीकार गरे।

    केहीको ज्यानसमेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन।’ विप्लवले कोरोनाको निहुँमा सम्पूर्ण क्षेत्रमा कालोबजारी, भ्रष्टाचार, अनियमितता बढाइएको बताएका छन्। उनले बाहिर भ्रष्टाचार नगर्ने र गर्न नदिने नारा दिए पनि भित्र स्वयम् सरकार भ्रष्टाचारमा लिप्त रहेको उल्लेख गरेका छन्।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.