काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ८७८ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ छ । पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।








