हेटौँडा । सन २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी समुहको छनौट खेल अन्तर्गत आज सम्पन्न खेलमा ब्राजिल विजयी भएको छ। नेपाली समय अनुसार आज बिहान सम्पन्न ब्राजिल र उरुग्वे बिचको खेलमा ब्राजिलले जित हासिल गरेको छ। ब्राजिलले २ का विरुद्ध सुन्य गोल अन्तरले उरुग्वेलाई पराजित गर्दै जित हासिल गरेको हो।आज बिहान नेपाली समय अनुसार ४:४५ मा भएको खेलको पहिलो हाफको ३४ औ मिनेटमा अर्थरले ब्राजिलको लागि पहिलो गोल गरेका थिए,त्यसैगरी पहिलो हाफको ४५ औ मिनेटमा रिचालिसोनले ब्राजिलका लागि दोस्रो गोल गरेका थिए। दोस्रो हाफमा भने दुबै टिमबाट कुनै गोल भएन।खेलको ७१ औँ मिनेटमा उरुग्वेका एडिसन कभानिले रातो कार्ड पाएर मैदान बाहिर गएका थिए। यो जितसँगै समुह चरण अन्तर्गत भएको ४ खेलमा सबै खेलमा जित हात पार्दै १२ अंक सहित ब्राजिल समुहको पहिलो नम्बरमा कायम रहेको छ भने १ खेल बराबरी र ३ खेल जित्दै १० अंक सहित अर्जेन्टिना समुहको दोस्रो स्थानमा रहेको छ।








