एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक उच्च निर्वाचन अधिकारीलाई बर्खास्त गरेका छन् । हालै सम्पन्न चुनावमा विपक्षी दलले धाँधली गरेको ट्रम्पको दाबी खारेज गर्ने निर्वाचन अधिकारी बर्खास्त भएका हुन् । राष्ट्रपति ट्रम्पले साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर सेक्य्रिटी एजेन्सी (सीसा)का प्रमुख क्रिस क्रेब्सले मतदानका बारेमा ‘अत्याधीक बढी गलत’ टिप्पणी गरेका कारण बर्खास्त गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नोभेमबर ३ मा भएको निर्वाचनको परिणाम स्वीकार गर्न ट्रम्प अहिलेसम्म अस्वीकार गर्दै आएका छन् ।








