काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । क्वारेन्टिनमा भने ९१० जना रहेका छन् । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट देशभरका प्रयोगशालामा मात्र ६ हजार ७३१ जनाको नमुना परीक्षण गरिएको छ ।








