• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बागलुङको सबैभन्दा ठूलो ‘दरमखोला हाइड्रोपावर’ अन्तिम चरणमा

  •   शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ढोरपाटन । दरमखोला हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । पाँच वर्ष अगाडि निर्माण सुरू भएको हाइड्रोपावर असारमा सञ्चालनमा आउने गरी धमाधम काम भइरहेको छ । विसं २०६५ मा हाइड्रोपार निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरू भएको थियो । अहिलेसम्म पाइलाइन, विद्युत्गृह निर्माणसहित ९६ प्रतिशत काम सकिएको छ । सुरूमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने अहिले दरमखोला हाइड्रो इनर्जी प्रालिले काम गरी रहेको छ ।

    गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युत्गृह निर्माण गरिएको छ । यो हाइड्रोपावर बागलुङ जिल्लाकै सबैभन्दा ठूलो हो । उक्त हाइड्रोपावरबाट ९ दशमलव ६ मेघावाट विद्युत् उत्पादन हुने दरमखोला हाइड्रो इनर्जी प्रालिका इञ्जिनियर नीरज दासले जानकारी दिनुभयो । अब विद्युत्गृह भित्रको केही काम बाँकी रहेको भन्दै असार महिनाभित्रै विद्युत् उत्पादन गर्नेगरी काम भएको दासले जानकारी दिनुभयो । यस हाइड्रोपारवलाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने उहाँको भनाइ छ । लाइन तान्ने र पोल गाड्ने काम विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले गरी रहेको दास बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “हाइड्रोपावरको धेरै काम सकियो, अब केही ‘इन्टरर्नल’ काम मात्रै बाँकी छन्, ति काम पनि छिट्टै सकिने गरी भइरहेका छन्, हामीहरूले पाइपलाइनमार्फत दरमखोलाको पानी लिएर विद्युत् उत्पादन गर्न थालेका हौँ, काँडेबासमा ड्याम निर्माण गरेर मनेवामा पावर हाउस निर्माण भएको छ, अबको दुई महिनामा विद्युत् उत्पादन हुनेछ ।” हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुन ‘नीरज’ ले हाइड्रोपावर रु दुई अर्ब १५ करोड लगानीमा निर्माण भइरहेको बताउनुभयो । सुरूमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरू गरेको उहाँको भनाइ छ । जिल्लाका विकट क्षेत्रमा विद्युत् पु¥याउने उद्देश्यले हाइड्रोपावर निर्माण गरेको अध्यक्ष पुन बताउनुहुन्छ ।

    “यो हाइड्रोपावर निर्माण गर्न धेरै समय लाग्यो, १७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्ध गरेर हामीहरूले नयाँ कम्पनी बनाएर काम ग¥यौँ, प्रक्रिया धेरै पहिले सुरू भए पनि काम थालेको पाँच वर्ष भयो”, अध्यक्ष पुनले भन्नुभयो, “यहाँबाट विद्युत् उत्पादन भएपछि हरिचौर सवस्टेशनमा जोड्ने तयारीमा छौँ, एक डेढ महिनामा यो विद्युत् बल्छौँ, यो बागलुङकै ठूलो हाइड्रोपावर हो ।” रासस

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.