• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

द्वन्द्वपीडित महिलाहरू आदर्श गृहबाट सम्मानित

  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर — सशस्त्र द्वन्द्वको समयमा एकल जीवन व्यतीत गर्दै समाज रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्ने साहसी महिलाहरूलाई आदर्श गृह नेपालले एक समारोहका बीच सम्मान गरेको छ ।

    सम्मानित हुनेहरूमा द्वन्द्वपीडित महिला जिल्ला सञ्जाल चितवनकी अध्यक्ष पार्वती खड्का, भरतपुर महानगरपालिकामा गठित दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन स्थानीय समितिका सदस्य सँगिता भट्टराई, पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिका सदस्यहरू कुमारी रमा ढुगांना र लालकुमारी सिलवाल, तथा सञ्जाल सदस्यहरू लक्ष्मी घले र शर्मिला बराली मगर रहेका छन्।

    कार्यक्रमका प्रमुख अतिथि भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले द्वन्द्वपीडित महिलाहरूको संघर्षप्रति सम्मान प्रकट गर्दै समाजमा उनीहरूको योगदानको कदर आवश्यक रहेको बताए। संस्थाका अध्यक्ष तथा अग्रणी अधिकारकर्मी मीना खरेलले सशस्त्र द्वन्द्वजस्तो चुनौतीपूर्ण समयमा पनि आत्मगौरव र आत्मविश्वाससाथ अघि बढ्ने महिलाहरूको अदम्य हिम्मत प्रेरणादायी रहेको बताइन्।

    सम्मानित महिलाहरूले सम्मानबाट थप जिम्मेवारीको अनुभूति भएको बताए। उनीहरूले द्वन्द्वपीडित महिलाका मुद्दालाई प्राथमिकतामा राखी, नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरे। विशेषतः स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता मार्फत नेपालमै बस्न सकिने वातावरण तयार गर्नुपर्ने उनीहरूको जोड थियो।

    कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, वडा नम्बर १० का सदस्यहरू सुर्यवदना हमाल र पार्वती नेपाली, आदर्श नारी विकास केन्द्रकी अध्यक्ष उषा खरेल सुवेदी, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, तथा अधिवक्ता गोमा न्यौपाने लगायतले धारणा व्यक्त गरे।

    २०५२–२०६२ सालको सशस्त्र द्वन्द्वले हजारौं महिलाको जीवनमा गहिरो चोट पु¥याएको थियो। भरतपुरमा पनि यस्ता महिलाहरू आजसम्म पीडाबाट गुज्रिरहेका छन्। उनीहरूको सम्मान र अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।

    कार्यक्रम आदर्श गृह नेपालको आयोजनामा तथा भरतपुर–१० वडा कार्यालयको सहकार्यमा सम्पन्न भएको हो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.