सांकेतिक तस्विर
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्ला प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रवेशमा रोक लगाईएको हो । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने, बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने, अन्तरपालिका आवतजावतमा समेत कडाइ गर्नेलगायतका निर्णयहरु गरेको छ ।
निर्णयसंगै कार्तिक दोस्रो साताबाट सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्थाहरु पुनः बन्द भएका छन् । उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि शैक्षिक संस्था बन्दको निर्णय भएको जनाईएको छ ।








