• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

  •   सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो । दाङकी २२ वर्षिया एक महिलाको यही जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सफल शल्यक्रियापछि आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी सो नयाँ प्रविधिबाट सफल शल्यक्रिया गरिएको जानकारी गराएको हो ।

    अस्पतालका वरिष्ठ अंकोलोजिष्ट, थोरासिस एण्ड ल्याप्रोस्कपी सर्जन डा विनय ठाकुर नेतृत्वको चिकित्सक टोलीले ती महिलाको पेटमा एउटा सानो चिरा मात्रै पारेर दुरविन प्रविधिबाट शल्यक्रिया गरेको हो । डा ठाकुरले काठमाडौँमा एक वर्ष अघि रोग पहिचान गरी ती महिलाले औषधिको सेवन गर्दै आउनुभएको जानकारी दिनुभयो । यसभन्दा अगाडि तीन चार वटा प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप राखेर शल्यक्रिया गर्ने गरेको उल्लेख गर्दै डा ठाकुरले भन्नुभयो, “यसपटक पेटमा एउटा मात्रै प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप नै नराखी शल्यक्रिया गरिएको छ ।” अब यो प्रविधिबाट निरन्तर रुपमा शल्यक्रिया गर्ने उहाँले बताउनुभयो । ‘मायस्थेनिया ग्राभिस’ को शल्यक्रिया नेपालमा कम हुने शल्यक्रियामा पर्ने बताउँदै डा ठाकुरले आफूले वार्षिक १० जना हाराहारीमा यस्ता बिरामीको शल्यक्रिया गर्ने गरेको बताउनुभयो । यो शल्यक्रिया जोखिमपूर्ण मानिन्छ ।

    यो रोगका बिरामीको मसल (मांसपेशी) पहिले कमजोर हुने भएकाले डा ठाकुरले त्यसमाथि ‘मसल रिल्याक्सिङ’ औषधि दियो भने शल्यक्रियापछि बिरामीलाई लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्ने बाध्यता हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मसल रिल्याक्सिङ औषधि प्रयोग नगरी बिरामीलाई आधारभूत एनेस्थेसिया औषधि चलाएपछि पहिले कै अवस्थामा श्वासप्रश्वासले काम गर्छ ।” अस्पतालका एनेस्थेसियोलोजिस्ट डा रेश्मी थापाले यो शल्यक्रियामा ‘नन इन्टुवेटेड’ प्रविधि प्रयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा यस्तो शल्यक्रिया गर्दा श्वासप्रश्वास नलीमा पाइप राखेर बेहोस् बनाउने गरिन्थ्यो । पाइपमार्फत मसल रिल्याक्सिङ औषधिको प्रयोग गरिन्थ्यो, जसले शरीरका सबै अङ्गलाई प्यारालाइज गर्दथ्यो ।”

    ‘मायस्थेनिया ग्राभिस’ का बिरामीलाई यसरी बेहोस् बनाउँदा जोखिम झन बढी हुने डा थापाको भनाइ छ । आधारभूत इनेस्थेसिक औषधिको प्रयोग मात्रै गरेर बिरामीलाई बेहोस् बनाइएको उहाँको भनाइ छ । यो रोगले कुनै पनि उमेरका मानिसलाई असर गर्न सक्छ, तर यो रोग २५ वर्षमुनि तथा ६० वर्षभन्दा माथिकामा बढी देखिन्छ । डा ठाकुरले विश्वमा यो रोग एक वर्षमा एक लाख जनामा नयाँ एक जना बिरामी भेटिने बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले चिनियाँ सरकारको सहयोगमा प्राप्त उपकरणको प्रयोग गरी यो शल्यक्रिया गरिएको बताउनुभयो । अस्पतालका अध्यक्ष डा विजय न्यौपानेले यो शल्यक्रियालाई सर्जरी र एनेस्थेसिया दुवैको सफलता रहेको बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.