• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

पानीजहाज चलाउन पानी जहाजको धनी नेपाली नागरिक हुनैपर्ने

  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ ले पानीजहाजको धनी नेपाली नागरिक वा नेपालमा दर्ता गरिएको कम्पनी भए मात्रै आन्तरिक जलमार्गमा सञ्चालन हुन सक्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज दर्तासम्बन्धी दफामा सो व्यवस्था थप गरेको हो ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विधेयक दर्ता गर्दा कुनै व्यक्ति वा संस्थाले पानीजहाज सञ्चालन गर्न चाहे त्यस्तो पानीजहाज सञ्चालन गर्नुअघि पानीजहाजको कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था गरेकोमा समितिले पानीजहाजको धनी नेपाली नागरिक वा नेपालमा दर्ता गरिएको फर्म वा कम्पनी हुनुपर्ने व्यवस्था थप गरेको हो तर पानीजहाजको धनी विदेशी नागरिक भए त्यस्तो पानीजहाज भाडामा लिई सञ्चालनका लागि दर्ता गर्न सकिने प्रस्ट्याइएको छ ।

    समितिले राष्ट्रिय सभाको बैठकमा विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेको छ । समितिका सचिव मनोजकुमार गिरीका अनुसार समितिले विधेयकमाथिको छलफल टुङ्ग्याउँदा रेडियो निरीक्षकको योग्यता, काम, कर्तव्य र अधिकार तथा अनुसन्धान अधिकारीको योग्यता थपेको छ । थपिएको व्यवस्थाबमोजिम पानीजहाजको निरीक्षकले संरचनात्मक स्थिति, यान्त्रिक प्रणाली र सुरक्षा उपकरणको नियमित जाँच तथा दुर्घटना भएमा दुर्घटनास्थलको प्रारम्भिक जाँच गरी प्रतिवेदन दिने, मुख्य अधिकृत, नाविक तथा कर्मचारीलाई प्रशिक्षण दिने छन् ।

    त्यसै गरी रेडियो निरीक्षकले पानीजहाजमा जडित रेडियो उपकरणहरूको जाँच वा निरीक्षण गर्ने, अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन, समुद्रमा जीवनको सुरक्षा र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घका मापदण्डको पालना गराउने छन् । जलमार्गमा पानीजहाज सुरु हुने, रोकिने र गन्तव्य स्थानमा रहने बन्दरगाहको निर्धारण गर्ने र त्यस्ता बन्दरगाहमा आवश्यक पूर्वाधार निर्माण गर्ने व्यवस्थासमेत थपिएको छ । करिब सात वर्षअघि नेपालमा पहिलो पटक पानीजहाजको कार्यालय स्थापना भएको थियो ।

    नेपालको व्यापारिक पानीजहाजको झन्डासम्बन्धी ऐन, २०२७, पानीजहाज दर्ता ऐन, २०२७ र नेपाल पानीजहाज (प्रमाणपत्र र रोजनामचना) ले गरेको व्यवस्थाबमोजिम कार्यालय स्थापना भए पनि कानुन अभावमा पानीजहाज सञ्चालन तथा विदेशका पानीजहाजमा कार्यरत नेपाली नागरिकको नाभिक परिचयपत्र नहुँदा समस्या भइरहेको गुनासोलाई ध्यानमा राखेर मन्त्रालयले पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०८१ ल्याएको हो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.