काठमाडौं । चर्चित गायक रमेश राज भट्टराईको नँया गीत पागल सार्वजनिक भएको छ । गायक भट्टराईको आफ्नै यु ट्युव च्यानलबाट सो गीतको म्युजीक भिडियो सार्वजनिक भएको हो । सो गीतमा शब्द र संगित गायक स्वंयमको रहेको छ भने भिडियोमा रमेश राज भट्टराई, अन्जिता भट्टराई, शुर्य रेग्मी, कृष्णा रेग्मी, र मिना रेग्मी अभिनय रहेको छ । भिडियोलाई दुर्गा पौडेलले निर्देशन र सिनेटोग्राफार गरेका छिन र भिडियोमा सम्पादक नविन घर्ती मगरको रहेको छ । सो म्युजिक भिडियो रमेश राज भट्टराई -Ramesh Bhattarai_ youtube channel मा हेर्न सकिने छ ।








