• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कोटिहोममा बुधबार सम्म ८ हजार जल सहित कलश वितरण

  •   बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ ।

    गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको हुनाले सचिवालयमा सम्पर्क गरेर भक्तजनले लैजान सक्नेछन् ।

    धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भक्तजनले हवन समापन पछि पैसा तिरेर जल सहितको कलश लिएर गएका हुन् ।  एउटा कलशको १ हजार ३ सय र दुई वटा लैजाँदा २ हजार ५ सय रुपैयाँ लाग्ने छ । कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो ।

    यज्ञको पूर्णाहुतिसँगै आजबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर वितरण गर्न सकिएको थिएन । अव ३१ गते नै इट्टा, भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ ।

    कोटिहोममा आज भागवत मञ्जरी राधिका दासीले सहभागिता भक्तजनलाई प्रसाद वितरण गरेकी थिइन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले गण्डकी कोटिहोममा यही जेठ ३१ गते सम्म प्रवचनात्म कार्यक्रमहरू भइरहेको हुँदा विश्वविख्यात कथा वाचक वाचिकाहरुको मुखारविन्दबाट अमृतरूपी कथा श्रवणपान गर्न नछुटाउन सबैलाई आग्रह गरे ।

    गत सोमबार चर्चित धर्मगुरु कालिदास बाबा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरेसँगै कोटिहोमको विधिवत् यज्ञ पूर्णाहुतिको साथसाथै फूलपाती विसर्जन र भगवान् मुक्तिनाथको पूजा अर्चना गरी अनुष्ठान पक्ष समापन गरिएको महायज्ञका निर्देशक शङ्कर खरालले जानकारी दिए।

    उनले फूलपाती विसर्जनमा यज्ञका आचार्य मण्डल, कर्ताहरू र घोरपझोङ गाउँ पालिका मुस्ताङ प्रमुख मोहन सिंह लालचन र मुक्तिनाथ गाउँ पालिकाका प्रमुख  प्रशाकिय अधिकृत युवराज अधिकारी, कागवेनी र मुक्तिनाथ धार्मिक समिति  लगायत सबै सबैमा आभार धन्यवाद व्यक्त गरे ।

    यसै गरी आज नै आचार्य गुरुहरूलाई बिदाइ पछि यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीले बौद्धिक मन्त्र जप सहित हवनको प्रसाद स्वरूप महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज माला प्रदान गरे । त्यस क्रममा यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीले हाम्रो जीवनकालमा प्राय असम्भव हुन यो कोटिहोमको जति नै तारिफ गरे नि कम हुने बताए ।

    ‘४ सय व्राह्मणलाई एकै ठाउँमा एउटै आचरणमा राख्नु काम चानेचुने थिएन’ उनले भने,‘ यज्ञ यत्र तत्र सर्वत्र हुन्छ, एउटा सङ्कल्पकर्ताले गरेको हामी प्रतिको सच्चा श्रद्धाले हामीलाई भाव विह्वल बनाएको छ ।’ कोटिहोममा आचार्य ब्राह्मण, सहयोग गर्ने सङ्घ संस्था, भजन समूह वाद्यवादन समूहलाई सम्मान सहित बिदाइ गरिएको थियो ।

    महायज्ञ सम्म पनि मानव सेवा फाउन्डेसनलाई सहयोग गरी मानवीय सेवा जोडिन सकिने भएकोले पनि छुटेका भक्तजनलाई सचिवालयमा आएर सम्पर्क गर्न मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा भक्तजनले आर्थिक सँग जग्गा दान पनि गरेका छन् ।

    भागवत मञ्जरी राधिका दासीले कोटिहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.