चितवन । विश्वमा कोभिड-१९ को संक्रमण फैलिँदै गर्दा नेपाल पनि अछुतो छैन। हालसम्म संक्रमणको संख्या कम भए पनि सरकारले संक्रमण नियन्त्रणका लागि देशभर लकडाउन गरेको छ। लकडाउनका कारण व्यवसायीहरु प्रभावित भएका छन् । यसै सन्दर्भमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठसँग हलकारो समाचारले लकडाउनले व्यवसायमा कस्तो असर परेको छ भनेर सोधेको छ।
– लकडाउनले व्यवसायीलाई मात्र नभएर पुरै विश्व अर्थतन्त्रलाई यसले ठुलो प्रभाब पारेको छ । नेपालको सन्दर्भमा लकडाउन अझै लम्बिने छाँटकाँट छ। यसले व्यवसायीहरुलाई ठुलो धरायसीमा लैजाने देखिन्छ ।
– उद्योग वाणिज्य संघले यो समयमा जनताको लागि कस्ता कस्ता कार्यहरु गरेको छ ?
– अहिले कोरोना अस्पताल (बिशेष अस्थायी अस्पताल) निर्माण भएको छ । त्यसमा निजी क्षेत्रको भुमिकामा उद्योग वाणिाज्य संघले नि यो कार्यदलमा रहेर कार्य गरिरहेको छ । हरेकलाई सहयोग गर्ने भूमिकामा उद्योग वाणिज्य संघले पूर्ण रुपमा सहयोग गरेको छ । अहिले उद्योगी व्यवसायीहरुले सरल रुपबाट दैनिक जीवनयापन गर्न समस्या भएकालाई दैनिक उपभोग्य सामाग्री खाद्यान्नहरु वितरण गर्ने कार्य पनि गरिरहेका छन् ।
– विशेष गरि यहाँ उद्योगीहरुको प्रतिनिधी गर्दै उद्योग वाणिज्य संघको अध्यक्ष हुनुहुन्छ, लकडाउनले गर्दा व्यवसायीहरु मर्कामा परेका छन् त्यसकारण उनीहरुको हकहितको लागि यहाले कस्तो कदम चाल्दै हुनु हुन्छ ?
– उद्योग वाणिज्य सघले व्यवसायीहरुको हकहितमा रहेर कार्य गर्दै आएको छु । अहिलेको अवस्था हेर्ने हो भने निजी क्षेत्र सबैभन्दा ठूलो मारमा परेको छ । यो अवस्थामा हामीले उद्योग वाणिज्य महासंघ मार्फत नेपाल सरकारलाई कम्तीमा पनि बैंक तथा बित्तिय सस्थाबाट लिएको ऋणको सावाँ, व्याजदरको कुरामा ६ महिना सम्म पुन:तालीका गर्नुपर्छ भन्ने कुरा गरेको छौँ, साथै नेपाल सरकारले व्यवसायीहरु जुन घरमा भाडामा बसेर आफ्नो व्यवसायी संचालन गरिरहनुभएको छ उहाँहरुलाई कुनै पनि निकाय चाहे निजी क्षेत्र होस, महानगरपालिका होस उनीहरुले एक महिनाको घर भाडामा छुट गर्न आग्रह र अनुरोध गरेर अगाडि बढ्न पर्छ जस्तो लाग्छ ।
– व्यवसायीहरु यसैपनि धरापमा भएको अवस्थामा सरकारले कस्तो खालको कार्य योजना ल्यायो भने व्यवसायीहरुलाई राहात मिल्छ ?
– व्यवसायीहरुको सबैभन्दा ठूलो समस्या भनेको बैंक तथा बित्तियको कारोवार हो । त्यसकारण यो कारोबार कम्तीमा पनि ६ महिना वा एक वर्षको लागि पुन: तालिका सरकारले गर्नैपर्छ अहिलेको अवस्था हेर्ने हो भने यो जुनसुकै हालतमा गर्नु पर्छ अहिले व्यवसायीहरु ऋणको व्याज र सावाँ तिर्न सक्ने हालतमा छैनन् त्यसकारण उद्योग वाणिज्य संघले उद्योग वाणिज्य महासंघ र नेपाल सरकारलाई अनुरोध पनि गरिसकेको छ ।
अहिले ७७ जिल्लाका उद्योग वाणिज्य संघबाट एउटै आवाज निकालेर हामीले ७७ जिल्लाको उद्योग वाणिज्य संघको ११० वटा नगर उद्योग वाणिज्य संघ सबै मिलेर पत्रचार गरिसकेको अबस्था छ । मलाई लाग्छ नेपाल सरकारले यसलाई सपोट गर्छ साथै यो व्यवसायीहरुको हकहितको लागि भएकाले नेपाल सरकारले यसलाई सम्बोधन गर्ने क्रममा हुनुहुन्छ होला , साथै गर्नुहुन्छ भने आसामा पनि रहेको छु ।
– अन्तयमा हामीले सोध्न छुटाएको र तपाईंले भन्न चाहेको केही कुरा छ भने ?
– विशेष गरेर हामी सबै नागरिक कोरोना रोकथामको लागिरहेका छौ । अहिले विश्व अर्थतन्त्र नै डामाडोल भएको छ । त्यसको प्रभाब नेपालमा पनि परेको छ । त्यसको प्रभाबले उद्योग व्यवसायीहरु पनि धरासाहिमा छन् । त्यस्तो हुँदाहुँदै पनि अहिलेको चुनौती भनेको कोरोनासँग कसरी लड्ने भन्ने हो त्यसैले म सबैलाई के अनुरोध गर्न चाहान्छु भने यसको औषधी उपचार शक्तिशाली राष्ट्रले त प्राप्त गर्न सकेको छैन् । यसको औषधी भनेको सबैजना अनुसाशीत भएर सुरक्षित रुपमा घर भित्र बस्नु हो त्यसकारण म आम व्यवसायी साथिहरुलाई घरभित्रै बस्न आग्रह र अनुरोध गर्दछु । हिड डुल धेरै नगर्नु होला, दैनिक उपभोग्य सामान खरिद गर्नु परेमा लामो समय हिडडुल नगरी चाहिएको सामान खरिद गरेर घर फर्कि हाल्नु होला ।








