• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा

  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनलाई लगातार दोस्रोपटक पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । आज (शनिबार) एक कार्यक्रमकाबीच बागमती प्रदेश खोप समन्वय समितिले चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको छ । बागमती प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डा.नरेन्द्र कुमार झाले जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

    १५ महिना उमेर भित्रका बालबालिकालाई सबै (१३ वटा रोगविरुद्धको) खोपहरु लगाएपछि पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्ने गरिएको छ । पूर्ण खोप सुनिश्चितता गर्न १६ देखि २३ महिनासम्मका बालबालिकाहरुमा सर्वेक्षण गर्ने गरिएको छ । वैशाखसम्म थप ५०४ जना बालबालिकालाई पूर्ण खोप लगाईएको छ । पहिलो चरणमा २०८१ माघदेखि चैतसम्ममा ४४८ जना छुट बालबालिकालाई खोप लगाएको थियो भने यही वैशाख महिनामा खोज र खोप अभियान चलाउँदा थप छुट भएका ५६ जना बालबालिकालाई खोप लगाएसंगै चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । चितवनमा जन्मदेखि १५ महिनासम्मका ९ हजार ७९ जना बालबालिका रहेका छन् भने १६ महिनादेखि ५ वर्षसम्ममा २५ हजार ४५२ जना बालबालिका रहेको तथ्यांक छ ।

    स्वास्थ्य कार्यालयका अनुसार ती सबै बालबालिका अब पूर्ण खोप लगाउन सफल भएका छन् । चैतसम्म गरिएको घरधुरी सर्वेक्षणमा १६ जनाले कुनै पनि खोपको डोज नलगाएको र ४३२ जनाले खोप छुटेको बालबालिका फेला परेको थियो । वैशाखमा थप अभियान चलाउँदा २ जना कुनै पनि खोप नलगाएको र ५४ जना खोप छुट भएको बालबालिका फेला परेको थियो । अहिले ती सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ । चितवनलाई पहिलोपटक २०७५ जेठमा २५ गते पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो । त्यसपछि कोरोना भाइरसका कारण अभियान रोकिदा गतवर्ष पुनः चितवनलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको थियो ।

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका अध्यक्ष एवं जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीले चितवनलाई यो उपलब्धि हासिल गराउन सफल भएकोमा सबै स्थानीय तह र स्वास्थ्य संस्थालाई धन्यवाद दिनुभयो । बागमती प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डा.नरेन्द्र कुमार झाले विगतमा दातृ निकायबाट खोप प्राप्त हुँदै आएकोमा पछिल्लो समय नेपाल सरकारले नै आफ्नै बजेटबाट खोप खरिद गर्न थालेको भन्दै खोप खेर जाने क्रमलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले असार २७ गते भित्रमा बागमती प्रदेशका सबै जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरेपछि प्रदेशलाई घोषणा गरिने जानकारी दिनुभयो ।

    कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले चितवनका धेरैजसो पालिका भौगोलिक रुपमा पहाडी भेगलाई समेत छुने गरेकाले चुनौतिका बाबजुद पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गर्न सफल भएको बताउनुभयो । उहाँले यो सफलता हासिल गर्न सबै पालिका र स्वास्थ्यकर्मीहरुको मुख्य देन रहेको बताउनुभयो । उहाँले आगामि दिनमा पनि खोपलाई विशेष ध्यानमा राखेर अभियान चलाइने बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार नेपालमा हाल ८० प्रतिशत बालबालिका मात्रै पूर्ण खोप लगाएका छन् भने ४ प्रतिशत बालबालिका कुनै पनि खोप नलगाएको भेटिएका छन् । यस्तै बागमती प्रदेशमा ९.३ प्रतिशत बालबालिका अझै पनि कुनै पनि खोपको डोज लगाउन नपाएको तथ्यांक छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.