• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

चितवनमा रोपाहार पाउन छाडेपछि धान रोपाइँ गर्न कठिन

  •   बुधबार, असार २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। पछिल्ला दिनहरुमा धान रोपाइँ गर्न मजदुरहरु पाउन कठिन भएपछि प्रविधिको प्रयोगलाई बढाइएको छ । छिटोछरितो काम गर्न कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाइएको हो । अहिले प्रविधिको प्रयोग बढेसँगै कामदारको सङ्ख्यामा कमी आएकोे छ । विगतका वर्षहरुको तुलनामा जनशक्ति कम प्रयोग हुन थालेको हो । धान रोप्ने समयमा जिल्लामा तराई मूलबाट आउने मजदुरहरु बढी हुने गरेको भए पनि अहिले भने त्यो सङ्ख्या घटेको हो । राप्ती नगरपालिका–५ मा रहेको जनजागृति हरियाली ताजा तरकारी एवं फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष तराईबाट आउने कामदारको सङ्ख्यामा कमी आएको छ ।

    उहाँले भन्नुभयो, “कामदार नपाए पछि अहिले किसानहरुले प्रविधिको प्रयोग गरेर धान रोप्न थालेका छन् ।” उहाँ आफँैले पनि श्रमिक नपाए पछि प्रविधिको प्रयोग गरेर धान रोपेको सुनाउनुभयो । धान रोप्नका लागि जिल्लाका कामदारहरु नपाउने र तराईबाट आएका मजदुरहरुको भर पर्नुपर्ने अवस्थालाई धान रोप्ने मेसिन राईस ट्रान्सप्लान्टर प्रयोग गर्ने गरिएको छ । अहिले किसानलाई धानको बीउ राख्न बानि नपरेकाले समस्या भएको भए पनि यसलाई सिकाउँदै प्रविधिको प्रयोग बढाउन आफूहरु लागि परेको उहाँले बताउनुभयो । खैरहनी नगरपालिकाको कुमरोजमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेज बर्तौला कामदार लगाउँदा मूल्य दिनुपर्ने ज्यालाभन्दा प्रविधिको प्रयोगले सस्तो पर्ने भएकाले किसानहरु प्रविधिको प्रयोगमा केन्द्रित हुन थालेको बताउनुहुन्छ । बर्तौलाका अनुसार अहिले अघिल्ला वर्षको तुलनामा स्थानीय र तराई मूलका कामदार कम सङ्ख्यामा पाइने गरेको छ ।

    तराई क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै त्यहाँका मजदुरहरु कम आउन थालेको उहाँले अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “बैदेशिक रोजार र स्थानीय रुपमा नै पाइने रोजगारीका कारण अघिल्ला वर्षहरुको तुलनामा कम संख्यामा मजदुरहरु आएको पाएका छौँ ।” आफ्नो संस्थामा रहेको मेसीन बिग्रिएसँगै मजदुर नपाएपछि अन्य संस्थाबाट ल्याएर धान रोप्न बाध्य भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले मजदुरको कमी हुँदै जाँदा प्रविधिको प्रयोग बढ्दै गएको बताउनुभयो । अहिले जिल्लामा आठ वटा ‘राइस ट्रान्सप्लान्टर’बाट धान रोप्ने काम भइरहेको छ । अघिल्ला वर्षभन्दा कम सङ्ख्यामा मजदुरहरु आए पछि किसानले स्थानीय मजदुर र प्रविधिको प्रयोग गरेका हुन् । छोटो समयमा धेरै क्षेत्रफलमा धान रोप्न सकिने भएकाले पनि मजदुरको भन्दा प्रविधिको प्रयोग बढेको उहाँले बताउनुभयो ।

    यसले कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ केन्द्रित गर्दै लैजाने उहाँले बताउनुभयो । जिल्लामा २७ हजार २०७ दशमलव २५ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुँदै आएको छ । जसमध्ये हालसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झकनाथ कँडेलले जानकारी दिनुभयो । मजदुरको अभावका कारण हुनुपर्ने क्षेत्रभन्दा कममा धान रोपाइँ भएको हो । उहाँले भन्नुभयो, “जिल्लाको धान रोपाइँका लागि तराई मूलका कामदारको भर पर्नुपर्ने बध्यता छ । यसलाई प्रविधिको प्रयोगले केहीसम्म सहज बनाएको छ ।” जिल्लामा सावा, गोरखनाथ, साबित्री, राधा चार, हर्दिनाथ र युएस ३१२ जातका धान बढी मात्रामा लगाइने गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.