बारा । बारामा मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १ का २७ वर्षीय राजकिशोर साह रहेका छन् । उनी पर्साको खेसराहा प्रहरी चौकीमा कार्यरत रहेका थिए । लंगडाचोकबाट बरियारपुरतर्फ जाँदै गरेको ना६२प ३६७ नम्बरको मोटरसाइकल बारा महागढीमाई नगरपालिका वडा नम्बर ८ जोलगाभा थलही पुल नजिकै दुर्घटना हुँदा साहको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । मोटरसाइकलमा सवार १८ वर्षीय सञ्जय प्रसाद यादव घाइते भएका छन् । उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।








